बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

हिमपातले मध्यपहाडी लोकमार्ग अबरुद्ध

हिमपातले मध्यपहाडी लोकमार्ग अबरुद्ध


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार

बागलुङ/ मंगलबार रातीदेखि परेको बर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड हिमपातका कारण अबरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा २ फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक अबरुद्ध हुँदा पूर्वि रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वि रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् । हिउँ जमेकाले सडक पुर्ण रुपमा अवरुद्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकबाल हवारीले बताए । भारी हिमपात भएको भएपनि कुनै मानविय वा चौपाए क्षेती नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->