बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार

बागलुङ/ जिल्लाको वडिगाडमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । वडिगाड गाउँपालिका वडा नं. २ जिमीका २४ बर्षिय कमल गिरीको भीरबाट लडेर मृत्यु भएको हो ।

वडिगाड गाउँपालिका वडा नं. १ को बेतनीस्थित जिमी सक्नियर खानेपानी तथा सरसफाई आयोजनामा काम गर्ने गिरीको पाईपलाईनको काम गरेर फर्कने क्रममा गोरेटो बाटोबाट ३५ मिटर तल भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको बरेङ गाउँपालिकामा एक पुरुष मृत भेटिएका छन् । बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबास्कोटमा ५५ बर्षिय तिलबहादुर महतरा मृत फेला परेका हुन् । सल्यानको कपुरवोट गाउँपालिका वडा नं. ६ कपुरवोट घर भई हाल बरेङमा सडक निर्माणको काम गर्ने महतरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी सलीथुम्का निर्माण सेवामा काम गर्ने कामदार हुन् । महतरा आफु बस्ने क्याम्प छोडेर हिँडेको फर्केर नआएकोले खोजतलास धुल्लुबास्कोटको सानखोलामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी भिरबाट खसेको अबस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->