पोखरा/ लागुऔषध कोरोबार आरोपमा युवापुस्तामाझ चर्चित ¥यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बुधबार साँझ उनीसहित ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘लागुऔषध कारोबारमा संलग्न देखिएपछि अनुसन्धानमा नियन्त्रणमा लिएका हौं, उहाँ अहिले हामीसँगै हुनुहुन्छ,’ डिएसपी तिवारीले भने, ‘उहाँहरु ठ्याक्कै संलग्न हो कि हैन अनुसन्धानपछिमात्रै थाहा होला !’ पोखरा नयाँबजारका राना ‘रअ बाज’ ¥याप ब्याटल पछि चर्चामा आएका थिए । पछि उनले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत कलाकारका रुपमा काम गरिसकेका छन् । पछिल्लो समय उनी हिमालयन रोडिज नामक रियालिटी सोमा निर्णायकको भूमिका निभाइरहेक छन् ।





