बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ओम्रिकन भाइरसबाटपनि बचौं

ओम्रिकन भाइरसबाटपनि बचौं


  • Dhorpatan News
  • पुष २१ २०७८, बुधबार

लगातार दुइ बर्ष सम्म कोरोना संक्रमणले आक्रान्त भएको नेपाली समाज फेरी ओम्रिकन भाइरसको संक्रमणको जोखिममा पुगेको छ । बिदेशमा धेरैनै संक्रमण फैलिसकेपनि नेपालमा प्रभाव परिसकेको छैन । तर यो संक्रमण भारतमा बढ्दो दरमा छ । विश्वस्वास्थ्य संगठनले यो संक्रमणबाट पनि उत्तिकै जोखिम रहेको बताइरहेको छ । खोप नलगाएकोले बालबालिकामा यो संक्रमण बढी हुन सक्ने समेत तथ्यहरु बहिर आइरहेका छन् ।

कोरोनाले विश्वभर संक्रमण फैलिंदा नेपाल अछुतो हुने कुरै भएन । तर नेपालीहरुले संक्रमण भैहालेमा जोगिने वा संक्रमण भित्रन नदिने उपायाको खोजी भने गरेका छैनन् । बरु जवरजस्ती भीडभाडमै बस्ने, मेला महोत्सव गर्ने क्रम बढेको छ । गृहमन्त्रालयले प्रशासनको अनुमति लिनुपर्ने प्रावधान राखेपनि उनीहरुको वास्ता समेत छैन । बरु प्रशासनलाई थाहै नदिइ मेला महोत्सव आयोजना भैरहेका छन् । त्यसोत राजनीतिक दलका सभा र सम्मेलन, महाधिवेसन यही समयमा भैरहेका छन् । त्यसैले उनीहरुबाटै संक्रमण ग्रामीण तहमा पुग्ने खतरा बढी छ ।

ओम्रिकन भाइरसको फैलाबट कोरोना भन्दा कम छ भन्ने केही कुरा बाहिर आएका छन् । तर न कोरोना संक्रमणबाट बच्न सहज थियो, न ओम्रिकन सहज हुनेछ । भाइरसको संक्रमण स्वभावैले जोखिम हुन्छ भन्ने कुरा बुझाउन नसक्दा फेरी लापरबाही बढ्ने, संक्रमणले देश ठप्प हुने र आर्थिक रुपमा कमजोर बन्ने अबस्था आउन लागेको छ । त्यस तर्फ राज्यको ध्यान केन्द्रीत भएको छैन । समयमा बाहिरी आगमनलाई गम्भिर रुपमा लिएर रोक्ने, भेला र महोत्सवमा ध्यान दिने काम गरेमा संक्रमण फैलिने डर कम हुन्छ । तर त्यस तर्फ राज्यका निकायको ध्यान गएको छैन ।

खोप लगाएको पनि एक बर्ष बित्न लागेकोले सबैजना सुरक्षित हुन्छन् भन्ने पनि छैन । कोरोनाको खोप ओम्रिकन भाइरसकालागि उपयोगी हुने पनि होइन । त्यसैले आम नागरिक सचेत बन्नुपर्ने समय आएको छ । बिशेषगरी नेपाली समाजले यस अघि अबलम्बन गरेका सरसफाइका सूचक र खानपानका प्रकृतिमा भने फेरी ध्यान दिनुपर्ने भएको छ । पश्चिमा संस्कृतिमा रमाउन खोज्दापनि धेरै नेपालीले संक्रमणको जोखिम व्यहोर्न बाध्य भएका छन् । उत्सव र मेला तथा खानपानमा ध्यान नदिने र वास्ता नगर्ने प्रवृत्ति नेपालीमा बढ्दै गएको छ । आफ्नै पुराना संस्कृतिलाई मात्र ध्यान दिन सकेमा पनि यस्ता संक्रमणबाट बच्न सकिन्छ ।

केही समय पिसिआर र एन्टिजेन्ट गर्ने क्रम बढेको थियो । फेरी त्यो क्रम रोकिएको छ । सिकिस्त बिरामी भएपछि मात्रै उपचार खोज्ने, स्वास्थ्य परीक्षण गर्ने नेपाली बानी परिवर्तन भएको छैन । स्वास्थ्यकर्मीले पनि त्यस्ता बिषयमा चासो राखेका छैनन् । न त राजनीतिक दलले आफ्ना कार्यकर्तालाई नियमित स्वास्थ्य परीक्षण, पिसिआर र एन्जिटेन्ट गर्न सिकाउँछन् । औपचारिकता दिनकालागि स्वास्थ्य मन्त्रालयले बेला बेलामा बिज्ञप्ती निकाल्ने काम मात्रै गरेको छ । लापरबाही गर्ने क्रम फेरी बढेको छ । छैन भन्दाभन्दै एकाएक गाउँगाउँमा ओम्रिकन भाइरस पुग्ने अबस्था हुन नदिन सिमानामा कडाइ गर्ने वा परीक्षण गर्ने काम तत्काल थालिनुपर्छ । लुकिछिपी आउने जाने गर्न नेपालीहरु बढी उद्दत छन् । त्यसैले उनीहरुका परिवारले पनि गम्भिर बनेर आफ्ना परिवारका सदस्यलाई स्वास्थ्य परीक्षणमा लैजानुपर्ने देखिन्छ । त्यसकालागि सचेतना अभियान वडावडाबाट चाल्नुपर्नेछ । नत्र फेरी मानवीय र आर्थिक क्षति व्यहोर्नुपर्ने अबस्था आउन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->