बागलुङ/ प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्ष नविन शिशिर बिक सर्वसम्मत चयन भएका छन् । बिहिबार बागलुङ बजारमा सम्पन्न छैटौं जिल्ला अधिबेशनले बिकको नेतृत्वमा १९ सदस्य रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा सिर्जना पन्त र झरना कँडेल, सचिवमा कमल पौडेल, उपसचिवमा अर्जुन कार्की र हेम बिक तथा कोषध्यक्षमा खेमराज गौतम (सुवास) चयन भएका छन् ।
कमिटिको सदस्यमा मनिसा शर्मा, दिवाकर उपाध्याय, राम खत्री, साधना पन्त, रोहन जिसी, अनिस पाठक, बिक्रम पौडेल, सचदेव क्षेत्री, कृषिता अधिकारी, करिस्मा क्षेत्री, जीवन पाण्डे र शिव बोहरा चयन भएको अध्यक्ष मण्डलका संयोजक रामकृष्ण शर्माले जानकारी दिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै निवर्तमान अध्यक्ष उमाकान्त शर्माले संगठन सुधार बिस्तारमा लाग्न अनुरोध गरे । अधिबेशनले निवर्तमान सचिव सिर्जना पन्तले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषध्यक्ष रबिना बोहराले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।





