बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माओवादीले गुटगत राजनीति त्यागोस्

माओवादीले गुटगत राजनीति त्यागोस्


  • Dhorpatan News
  • माघ ३ २०७८, सोमबार

नेकपा माओवादी केन्द्रले केन्द्रदेखि वडागत तहसम्म पहिलो पटक महाधिवेशन सकेपनि त्यो अपुरै छ । महाधिवेशन त सकियो तर पदाधिकारी भने छनोट हुन सकेका छैनन् । आन्तरिक विवादमा फुसेको माओवादी केन्द्रले अहिले पछिल्लो समय फैलिएको कोरोना भाइरस महामारीलाई कारण देखाउँदै पन्छिने दाउमा छ ।
महाधिवेशन सकिएपनि कास्कीलगायत धेरै जिल्लाले नेतृत्व पाउनै बाँकी छ । केन्द्रीय महाधिवेशन सकिँदासमेत माओवादीले कार्यकारी कमिटीका रुपमा व्याख्या गरेको पोखरा महानगर कमिटीको पदाधिकारी चुन्न सकेको छैन । यस्तै, कास्कीको रुपा गाउँपालिका अध्यक्ष मात्र चयन भएको छ भने बाँकी पदाधिकारी टुंगिएको छैन । अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा पनि पदाधिकारी चयन हुन सकेका छैनन् ।
लामो तडकभडकसहित गरिएको महाधिवेशनले केवल पुरानै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्षमा फेरि दोहो¥याउने काम ग¥यो । तर, त्यसबाहेकका अन्य नेतृत्व भने अझै अपुरो नै छन् । देशकै ठूलो महानगरका रुपमा दरिएको पोखराले पनि आफ्नो नेतृत्व पाउन सकेको छैन । यसबारे पार्टीकै कार्यकर्ताबीच फेरि असन्तुष्टि बढ्न थालेको छ ।
महाधिवेशनमा सहभागी भइसकेपछि पार्टीका शीर्षस्थ नेताहरु कोरोना संक्रमति भएकाले तल्लो तहको नेतृत्व छनोट हुन नसकेको एक समूहको तर्क छ । तर, अर्को समूहको भने माओवादी भित्रै गुटगत राजनीति भइरहेकाले पनि नेतृत्व छनोट हुन नसकेको भन्ने मत छ ।
माओवादी विधानअनुसार नेतृत्वमा सहमति नभए कार्यसमितिमा निर्वाचित सदस्यहरुबाट पदाधिकारी चुन्ने व्यवस्था गरेको छ । तर, पदाधिकारीकै आकांक्षीले आआफ्ना दाबी छाड्न नसक्दा सर्वसम्मत चयन हुन नसकेको हो ।
प्रदेश अध्यक्षमा गायत्री गुरुङलाई चयन गरेको छ । उपाध्यक्षसहित बाँकी पदाधिकारी पनि अझै टुंगिएका छैनन् । त्यस्तै सकसपूर्ण अवस्था अहिले पोखरा महानगर पनि परेको छ । कास्कीमा पोखरा महानगर कमिटीमा ९९ जना रहनेछन् ।
जनमतबाट उठेको पार्टी आफ्नै गुटगत राजनीतिका कारण नेतृत्वसमेत छान्न नसक्नु कुनै पनि हिसाबले स्वीकार्य मान्न सकिँदैन । जनताको आवाज बोल्ने पार्टीहरु व्यक्तिगत स्वार्थ र आकांक्षामा फस्न थाले यसले राम्रो सन्देश दिँदैन । जनताले दिएको विश्वास टुट्न सक्छ । राजनीतिक पार्टीका लागि जनताको विश्वास खेर जानु सबैका लागि दुखद् कुरा हो । आफूलाई सम्हाल्दै गुटगत राजनीति त्यागेर माओवादी सच्चियोस् र नेकपा माओवादी केन्द्रले बाँकी रहेका तल्लो तहका नेतृत्व चयनमा पनि सिघ्र नेतृत्व छनोट गरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->