शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

स्कुलको पैसा व्यक्तिको खातामा !

स्कुलको पैसा व्यक्तिको खातामा !

खुला विद्यालयका लागि भने बागलुङ नगरपालिकाले वार्षिक रकम दिने गरेको थियो । उक्त रकम खर्च भएपनि नभएपनि व्यक्तिको खातामा राख्न नमिल्ने समितिले ठहर गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७८, बिहिबार

बागलुङ/ वर्षौदेखि विवाद भएपनि बागलुङको विद्यामन्दिर माविमा अझैपनि शिक्षकहरुको खातामा विद्यालयको पैसा राख्ने क्रम रोकिएको छैन । साथै, गैरकानुनी रुपमा भत्ता खाने क्रम पनि नरोकिएको हो ।
नयाँ व्यवस्थापन समिति आएपछि पनि यो क्रम भेटिएपछि संस्थागत खातामा ल्याउने निर्णय भएको व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए । यहाँ धेरै शीर्षकमा आउने रकमहरु व्यक्तिगत र सहकारी समेतको खातामा जम्मा गर्ने चलन थियो ।
खुला बिद्यालय, छात्रावास तथा अन्य विभिन्न शीर्षकमा सरकारले दिने रकम उनीहरुले व्यक्तिको खातामा समेत चलाउने निर्णय गरेको भेटिएको हो । ‘यहाँ धेरै कुरा खोज्नुपर्ने छ, अझै सबै विषय आएपछि विस्तृत विवरण बनाउनु पर्ला !’ शाक्यले भने, ‘तत्काल भेटिएका त्रुटि सच्याउन लगाएका छौं ।’ उनले कुनैपनि व्यक्तिको खातामा रकम जम्मा गर्ने क्रम रोकेर संस्थागत विकास गर्ने उनले बताए ।

विद्यामन्दिरमै गैरकानुनी रुपमा भत्ता खाएका प्रधानाध्यापक शान्तमणि ढकाल, उमावि संयोजक मनोज रोका र अर्का शिक्षक छविरमण रेग्मीको भत्ता कटौति भएको छ । समितिले उक्त निर्णयसमेत गरेको हो । उनीहरुले तलब र नियमित पाउनेबाहेक मासिक ९ हजारका दरले भत्ता खाने गरेका थिए । विशेष परिस्थितिमा भत्ता खाएकाहरुले अब भने खान नमिल्ने अध्यक्ष शाक्यले बताए ।

खुला विद्यालयका लागि भने बागलुङ नगरपालिकाले वार्षिक रकम दिने गरेको थियो । उक्त रकम खर्च भएपनि नभएपनि व्यक्तिको खातामा राख्न नमिल्ने समितिले ठहर गरेको हो । प्रधानाध्यापक ढकाल र अर्का दुई शिक्षकले व्यक्तिगत खातामा राखेर चलाएको भेटिएको भन्दै समितिका एक सदस्यले उक्त रकम पनि विद्यालयकै खातामा ल्याउने निर्णय गरेको बताए ।

यो विद्यालयकै छात्रावासका लागि आउने रकमसमेत व्यक्तिगत खातामा चलाउने गरेको भेटिएको हो । छात्रावास इन्चार्जको नाममा रकम राख्ने चलन अन्त्य गर्न समितिले निर्देशन गरिसकेको हो । छात्रावासका लागि वार्षिक १० लाख सरकारी अनुदान आउँछ । यहाँ २२ जना विद्यार्थी छात्रावासमा बस्छन् ।

प्रधानाध्यापक ढकालले कतिपय विषय असार मसान्तपछि नै संस्थागत हुन थालेको बताए । ‘केही विषय अझै सुधार्नु पर्नेछ, सुधार्दै छौं,’ उनले भने, ‘कतिपय व्यवस्था म प्रधानाध्यापक भएर आएपछि नै सुधार्ने क्रममा छु ।’ विद्यालयको तलब खाएर अन्यत्रै धाउने शिक्षकलाई पनि नियमन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->