शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

उपलव्धीभन्दा क्षति बढी हुने योजनामा खर्च

उपलव्धीभन्दा क्षति बढी हुने योजनामा खर्च

सडक बनाउँदा बिग्रिन्छन् सिंचाई र खानेपानीका योजना ।


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७८, सोमबार
सडक बनाउँदा पानी बिग्रएपछि खानेपानी अभाव झेलेको कुश्मीशेराको शैनिक टोल ।

बागलुङ/ जैमिनी नगरपालिका ७, जैदीको चौरगाउँमा सडक पु¥याउन चालु आर्थिक बर्षमा ४ लाख रुपैयाँ बजेट छ । यो सडक निर्माण हुँदा केही परिवारका घरमै सडकको पहुँच पुग्छ । मेसिन लगाउँदा कच्चि सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ तर यो सडकले पुरिने सिंचाई कुलोबारे भने कसैले सोचेको छैन् ।

सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पुर्याएको सिंचाई कुलो भत्किन्छ । २ सय बर्ष पुरानो यो कुलो केही बर्षअघि १५ लाख रुपैयाँ बढी खर्चेर पक्की बनाईएको थियो । चार लाख खर्चेर सडक बनाउँदा १५ लाखमा बनेको संरचना भत्किने बिषयमा कसैको चासो छैन् । ‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिंचाई पहिलेदेखि नै रहेकाले धानको उत्पादन राम्रो हुन्छ” जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल भन्छन्– ‘एउटा संरचना बनाउँदा अर्को बनेको संरचना बिग्रिने घटना धेरै छन् ।’ पौडेल चौरगाउँका स्थानीयसमेत हुन् ।
यो समस्या जिल्लाका अधिकांश बिकासे काममा देखिने समस्या हो । सबैभन्दा धेरै सडक बनाउँदा सिंचाई र खानेपानीका संरचनामा क्षति हुने गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरको गिठेदेखी पात्लेखेत जाने सडक बनाउँदा बिग्रिएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका चार वटा खानेपानी आयोजना डेढ बर्ष हुँदा समेत पुननिर्माण हुन सकेका छैनन् । करोडौं खर्चेर बनेका खानेपानीका योजना ७५ लाखमा निर्माण भएको कच्चि सडकले तहसनहस बनाएको हो ।

जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि कालीगण्डकी करिडोर पुग्ने सडकको स्तरोन्नती गर्दा कुश्मीशेरा बजारको खानेपानीमा क्षति पुगेको छ । सैनिक टोल र नगरपालिकाको कार्यालय समेत रहेको क्षेत्रमा बिस्तार गरिएको पानी सडक बनाउँदा क्षति पुगेपछि खानेपानीको अभाव छ । “एउटा काम गर्दा अर्को काम बिगार्ने परिपाटी अन्त्य हुनुपर्छ, सडक बनाउँदा अरु बिग्रिने केही छ छैन भनेर स्टमेट गर्नुपर्छ’ कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शैनिक टोलका स्थानीय पदमबहादुर श्रीषले भने ‘बाटाले पानी बिगार्छ, दुःख हामीलाई ।’

कुश्मीशेरा बजारदेखि कान्लेहुँदै दमेक पुग्ने सडक प्रदेश सरकारले स्तरोन्नती गर्यो । त्यहाँ पनि खानेपानी बिग्रिएपछि उपभोक्ता समितिका अध्यक्षनै खानेपानीको पाईप माग्न नगरपालिका पुगे । ‘योजनाबाटै मर्मत गर्न स्रोत छैन्, स्टमेटभन्दा बाहिर काम गर्न मिल्दैन’ उपभोक्ता समितिका अध्यक्ष छायाँदत्त चापागाईं भन्छन् ‘पाईप मागेर मर्मत गर्न उपभोक्तानै कस्सिए, नत्र पानी खान पाईंदैन् ।’

विधिले भन्छ पहिल्यै बनेका संरचना नयाँ संरचना बनाउँदा क्षति पुगे पछिल्लो योजनाबाट मर्मत गर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत हुने अधिकांश कामहरुमा क्षति पुग्ने संरचनाको स्टमेट नहुने र स्टमेट अनुसारका काम मात्रै गर्दा मर्मतका लागि खर्चको अभाव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->