शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

धौलागिरि अस्पताल व्यवस्थापन समितिको पदस्थापन

धौलागिरि अस्पताल व्यवस्थापन समितिको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७८, बुधबार

बागलुङ/ गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियुक्त धौलागिरि अस्पतात व्यवस्थापन समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
गत पुस २१ गते गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियुक्त नयाँ व्यवस्थापन समितिको पदस्थापन तथा स्वागत कार्यक्रममा बोल्दै नव नियुक्त अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलले अस्पतालको समग्र विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने बताए ।
अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर आउँदै गर्दा अवसर र चुनौती दुवै रहेको चर्चा गर्दै पौडेलले निस्वार्थ भावले सवैसंग सहकार्य र सुझाव सल्लाहका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सकेसम्म राम्रो गर्ने र नसके नराम्रो पनि नगर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, नेकपा एमालेका अध्यक्ष हिराबहादुर केसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष केवि राना मगर, उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र अस्पतालका डाक्टर सञ्जु पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना मंतव्य व्यक्त गरे ।

सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पौडेल, सदस्य रुनमाया थापा, लक्ष्मीदेवि जिसी, कृष्णशंकर श्रेष्ठ, धनमाया शर्मा, गगनबहादुर पुन, गणेशबहादुर थापा मगरलाई प्रमुख जिल्ला अधिकारी ढकाललगायतले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->