शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पत्रकार महासंघ बागलुङका संस्थापक खड्काको निधन

पत्रकार महासंघ बागलुङका संस्थापक खड्काको निधन


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७८, बुधबार

बागलुङ/नेपालपत्रकार महासँघ धौलागिरी शाखाका संस्थापक संयोजक बिदुर खड्काको ७८ बर्षको उमेरमानिधनभएको छ । बुधबार बिहानउनको निधनभएको खड्काका परिवारका सदस्यले बताए ।

२०२१ सालमै पहिलोपटक गोरखापत्र दैनिकको संवाददाताभएर पत्रकारिता गरेका खड्का निरन्तर पत्रकातिरामा सक्रियथिए । मोफसलमा बसेर लामो समयसम्म साप्ताहिकपत्रिकाचलाउने पत्रकारको रुपमापनि खड्का चिनिन्छन् । २०२८ सालमा खड्काले स्थापना गरेको धौलाश्री साप्ताहिकलामो समयसम्मचलेको थियो । २०५८ सालमाउक्त साप्ताहिकलाई दैनिकबनाएरपनि संचालनगरिएको थियो । २०६३ सालदेखि भने दैनिकपत्रिका हटाएर खड्काले धौलाश्री अनलाइनचलाएका छन् । उक्तअनलाइन ईबागलुङ डटकममा लगइन गरेर पढ्न सकिन्छ ।

भ्रष्टाचार र अनियमितता जस्ता क्षेत्रमाउनले दह्रो कलमचलाउने गरेका थिए । कतिपय समस्यालाई कालीगंगानामक स्तम्भमार्फत खड्काले उजागर गर्दै आएकाथिए । बागलुङ कालीकाभगवती गुठीका सदस्यसमेत रहेका खड्काले कालीकामन्दिरको इतिहासबारेपनि धेरै लेख रचना लेखेका छन् ।

कालीकामन्दिरसँगजोडिएका किंवदन्तीलगायतलेखरचना उनीबाटै धेरै स्थानमा साभार गरिएको गुठीका पूर्व अध्यक्ष राजु खड्काले बताए । ‘इतिहास बारे धेरै जानकारी राख्ने गर्नु हुन्थ्यो, कतिपय समयमा मैलेनै डोहो¥याएर कालीकामन्दिर लगिदिंए’उनले भने, ‘अझै केही लेख्ने योजनामाहुनु हुन्थ्यो, कतिपय कुरा अधुरै रहेका छन् ।’ मन्दिरको इतिहास, गुठीलगायतमा धेरै प्रमाणहरु रहेको उनले बताए ।

खड्काको निधनमा नेपालपत्रकार महासंघ बागलुङ शाखाले शोक बक्तव्यजारी गरेको छ । सचिवबिजय रानाद्वारा प्रकाशितवक्तव्यमा खड्काको निधनले स्तब्धबनाउको उल्लेख छ । पत्रकारितामा फरक पहिचानबनाएका खड्काको योगदान र संघर्षबाट धेरै कुरा सिक्न सकिने रानाले बताए । उनको निधनले बागलङको पत्रकारितामाक्षतिपुगेको रानाको भनाई छ ।

स्वर्गिय खड्का बागलुङ नगरपालिकाकापूर्व नगरप्रमुख समेत हुन् । राजाको प्रत्यक्षशासनकालमाउनी एकपटक मनोनित र अर्कोपटक निर्विरोध निर्वाचितभएकाथिए । उनको बिरुद्धमा कसैको उम्मेदवारी नपरेपछि खड्का निर्विरोध भएकाथिए । त्यतिबेला राजनीतिकदलहरु आन्दोलनमाथिए । ‘उहाँको निर्देशनमा धेरै योजनाहामीले सम्पन्न गरेका थियौं’ नगरपालिकाका एक कर्मचारीले भने, ‘आवस्यकता हेरेर बिभेद नगरी योजनाबनाउन सुझावदिनुहुन्थ्यो ।’उनीपूर्व मन्त्री तेजेन्द्रबहादुर खड्काका जेठा छोरा हुन् । खड्काको पालामाबागलुङ सदरमुकामगलकोटबाट बागलुङ बजारमाआएको इतिहास छ ।

खड्काले बाह्र बर्षअघिनै पत्निगंगालाई गुमाएकाथिए । आमा सुमित्रा र पत्निगंगाको नााउँमा सुगांगा स्मृति पुरस्कार कोषसमेत उनले स्थापना गरेका छन् । उक्त कोषबाट पत्रकारितासहित साहित्य र अनुसन्धान क्षेत्रमा योगदान गरेकालाई पुरस्कार र सम्मानगरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->