बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गाउँपसेको भ्रष्टाचार

गाउँपसेको भ्रष्टाचार


  • Dhorpatan News
  • माघ २५ २०७८, मंगलबार

देशमा संघियता कार्यान्वयन हुँदा वडा तहसम्म बजेटको परिचालन हुने, बिकास निर्माण र योजना तर्जुमामा पनि वडाको हात रहने अबस्था सिर्जना भएको छ । स्थानीय तहको ५ बर्षे कार्यकाल सम्पन्न भएकै कारण धेरै बिकास निर्माणका काम देखि योजना तर्जुमा, बिपत व्यवस्थापन जस्ता कामले पनि संस्थागत बिकास हुन पाएका छन् । वडा तहमा हुने योजना निर्माणमा जनताले प्रत्यक्ष सहभागिता हुने अबसर पाएर उत्साह पनि थपेको छ । आफ्नै जनप्रतिनिधि मार्फत हुने बिकास निर्माणले स्थायीत्व हुनुको साथै अपनत्व महसुस गर्ने अबस्था पनि सिर्जना भएको छ ।

तर सिंहदरवार गाउँमा आएजस्तै भ्रष्टाचारपनि गाउँ पसेको कुरा भने चिन्ताजनक छ । जहाँ आर्थिक क्रियाकलाप हुन्छ त्यहीं भैष्टाचार पनि मौलाउने गरेको कुरा स्पष्ट छ । सानो तिनो अनियमितता धेरै स्थानमा छन् । तर पछिल्लो समय वडावडामा बनेका स्वास्थ्य चौकी सम्म भ्रष्टाचार पुग्नु चिन्ताको बिषय हो । हरेक स्वास्थ्य चौकीमा पुग्दा गुणस्तरहिन देखिन्छन् । कतिपय उद्घाटन गर्दा चुहिएका छन् । कतै भत्केका छन् । कतै सिमेन्ट र कंक्रिड हुनुपर्ने स्थानमा माटो र बोरा समेत भेटिएका छन् ।

तोकिएको लागत स्टिमेटमा ४७ प्रतिशत सम्म घटाएर ठेक्का लिने र ठेकेदारले गुणस्तरहिन काम गर्ने प्रवृत्ति बढी देखिएको छ । यो प्रवृत्तिले सार्वजनिक सम्पत्तिमा भ्रष्टाचार बढेको हो । सार्वजनिक सम्पत्तिहरु गुणस्तरहिन हुँदा जनताले दुःख पाउने अबस्था बनेको छ । ती सम्पत्ति गुणस्तरहिन भएकोमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले चासो समेत राखेको छ । तर ती चासो कारवाहीमा पुग्छन् या पुग्दैनन् त्यो हेर्न बाँकी छ । किनकी चासो राखेको बिषय राम्रो हो, तर चासो राखेपछि फेरी हुन सक्ने चलखेलबाट बचेर गुणस्तरहिनतालाई सही मूल्यांकन गर्न सकिएन भने भ्रष्टाचारले संस्थागत बिकास हुने मौका पाउँछ । संस्थागत बिकास हँुदा अबका दिनमा बन्ने भवन, सडक, पूर्वाधार समेत भ्रष्टाचारकै चंगुलमा फस्ने संभावना बढी हुन्छ ।

हुनपनि पछिल्लो समय कैयौं पक्की पुलहरु सवारी साधन नचल्दै लच्केका छन् । कति भत्केर ढलेका छन् । त्यस्तो गुणस्तरहिन काम हुँदापनि कारवाही नभइ उल्टै ठेकेदार पुरस्कृत हुने, ठेकेदारलेनै राजनीतिक दल र सरकार चलाउने प्रवृत्ति हावी भैरहेका ेदेखिन्छ । पैसा खन्याउन सक्नेलाई चुनावमा टिकट दिने, पैसा हाल्नेलाई पार्टीको केन्द्रीय सदस्य मानोनित गर्ने, उनीहरुलाई मन्त्रीमा सिफारिस गर्ने जस्ता क्रियाकलापले देश भ्रष्टाचारको संस्थागत बिकासमा लागेको छ भन्ने देखाउँछ । यस्ता कुकृत्यहरु पटक पटक भैरहेका छन् । ती क्रियाकलापमा राज्यका संयन्त्रहरु मुकदर्शक छन् । जवसम्म यस्ता क्रियाकलापलाई कडा भन्दा कडा सजायको दायरामा ल्याउन सकिन्न तबसम्म भ्रष्टाचारले जरो गाडिरहन्छ । जतिपटक भ्रष्टाचारीले उन्मुक्ती पाउँछ त्यतिबेला सम्म देशमा सुशासनको कामना पनि गर्न सकिन्न । त्यसपछि फेरी संघियताको नाउँमा गाउँमा आएको सिंहदरवारनै भ्रष्टाचारको अखडा बन्न थाल्छ ।

सरसरर्ती हेर्दा पूर्वाधार निर्माणमा बढी भ्रष्टाचार देखिन्छ । बाहिरी आवरणमा कुनै ठेकेदार बढी जिम्मेवार देखिन्छ । तर भित्रभित्रै बढ्ने गरेको सेटिङले भ्रष्टाचारलाई संस्थागत बनाएको हुन्छ । ठेकेदारको काममा आँखा चिमिल्ने कर्मचारी र प्राविधिक, उनीहरुबाट कमिसन खोज्ने राजनीतिक नेतृत्व, उनीहरुका अनियमिततालाई वेवास्ता गरिदिने नागरिक समाज सबै क्रमश दोषी बन्द्रै्र जान्छन् । त्यसैले अझैपनि गुणस्तर कामको ग्यारेन्टीकालागि केही कादम चाल्न नसक्ने हो भने देश भ्र्रष्टाचारकै दलदलमा फस्ने निश्चित छ । समयमै बिचार गर्नेकी ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->