बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आमाहरुको सशक्तिकरणका लागि सामग्री वितरण

आमाहरुको सशक्तिकरणका लागि सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७८, मंगलबार

बागलुङ/ आमाहरुको शशक्ति करणका लागि जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराले विभिन्न सामग्रीहरु वितरण गरेको छ । वडास्तरीय आमा समुहमार्फत गाउँघरमा विवाह, व्रतबन्ध लगायतका परम्परागत सामाजिक कामहरुका लागि आवश्यक पर्ने सामग्री वितरण गरिएको हो ।

काठेखोलाको तीन लाख रुपैयाँ सहयोगमा आमा समुहमार्फत सामग्री खरिद गरेर साविकका वडामा रहेका समुहलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष विद्यापति शर्माले बताए । पुलाउ रोख्ने भाँडा ४ थान, कुर्ची १२६ थान, टेवल ८ थान, कराई एक थान, ग्यास सेट दुई थान, थर्मस दुई थान र थाल, कचौरा, चम्चा गिलास लगायतका सामग्री वितरण गरेको शर्माले जानकारी दिए ।

आमा समुह शशक्ति करण सामग्री वितरण उपभोक्ता समितिले मंगलबार एक समारोहको आयोजना गरेर ती सामग्रीहरु टोलमा रहेका आमा समुहलाई हस्तान्तरण गरेको हो । ‘साविक वडामा रहेको समुहले माग गरेका सामग्रीहरु उपलव्ध गराईएको हो’ उपभोक्ता समितिकी अध्यक्ष हुमकुमारी गौतमले भनिन् ‘यी सामग्रीको उपयोग गरेर समुहले आयआर्जन समेत गर्न सक्छन् ।’

गाउँघरमा हुने हरेक क्रियाकलापमा आवश्यक सामग्री महंगो भाडामा लिनुपर्ने बाध्यताको अन्त्यका लागि सामग्री सहयोग गरेको वडाअध्यक्ष शर्माले बताए ।

कार्यक्रममा बोल्दै शर्माले स्थानीय सरकारले उपलव्ध गराएको सुविधाको उपभोग र सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा प्रेस चौतारी इञ्चार्ज खिम बहादुर कार्कीले स्थानीय तह निर्वाचनका लागि तयार हुन सबैलाई आग्रह गरे । एमाले काठेखोला गाउँ किमिटि सचिवालय सदस्य राम प्रसाद शर्मा, वडाका अध्यक्ष नारायणदत्त रेग्मी लगायतले बोलेका थिए ।
सहुकी अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सूर्यबहादुर थापा र सञ्चालन भविकला थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->