बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

खुर्पा प्रहार गरी श्रीमतीको हत्या


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७८, शनिबार

पर्वत\बागलुङ घर भई पर्वतमा बस्दै आएका एक पुरुषले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बागलुङको बागलुङ नगरपालिका–६ घर भई पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षिय राजु परियारले श्रीमती सिता परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
शुक्रवार बिहान करिब १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको र मृतक महिलाको शरीरमा निल डाम सहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरी बताउँछ । प्रहरीले आरोपित राजुलाई घटना स्थलबाट खुर्पा सहित नियन्त्रणमा लिएको छ ।
त्यो दम्पतीबिच यस अघि पनि पटक–पटक झगडा गरेर सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आउने गरेको प्रहरीको तथ्याङ्क छ । यस अगाडिका झगडामा मेलमिलाप पश्चात् फर्किने गरेको भए पनि यस पटक भने हत्या नै गरेको डिएसपी बुढाथोकी बताउँछन् । शुक्रवार बिहान पक्राउ गरे लगत्तै स्वास्थ्य परीक्षणका गर्दा परियारले मदिरा सेवन गरेको पाइएको थियो ।
मृतकका एक छोरा र एक छोरी रहेका छन् । तर दुवै छोराछोरी उनीहरूको साथमा छैनन् । शुक्रवार साँझ मात्रै आफन्तले किटानी उजुरी दिएको र शनिवार उनीहरूका आफन्त आएपछि मृतकको शव बुझाउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->