बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विदेशी चलखेलमा लगाम लगाऊ

विदेशी चलखेलमा लगाम लगाऊ


  • Dhorpatan News
  • फाल्गुन ८ २०७८, आइतबार

दुई हात्तीले प्रेमालाप वा लडार्इं जे गरुन्, नासिने भुइँको घास नै हो । अमेरिकी सहयोग परियोजना (एमसीसी) गिजोजिँदा यो भनाइ नेपालको सन्दर्भमा चरितार्थ होला कि भन्ने आशंकालाई वल पुगेको छ । विशुद्ध विकास सहयोग भनिएको एमसीसीबारे चीनले समेत चासो देखाएको छ । एमसीसीविरुद्ध नेपालका राजनीतिक दलहरुमा देखिएको विभाजन तथा विरुद्धमा भएको प्रदर्शनप्रति अमेरिकी राजदूत ¥याण्डी बेरीले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाए । विरुद्धमा भएका प्रदर्शनलाई लक्षित गर्दै उनले हिंसा अस्वीकार्य भएको बताएलगत्तै चीनले पनि प्रतिक्रिया सार्वजनिक ग¥यो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बलपूर्वक कुटनीति लादेको आरोप लगाए । नेपाल स्वयंले मागेको र विभिन्न कालखण्डमा राजनीतिक दलका नेताहरुबाट भएको लिखित प्रतिवद्दताविरुद्धमा भएका गतिविधिमा अमेरिकी चासो अस्वभाविक थिएन । तर,चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वेनविनले एमसीभन्दै एमसीसीप्रतिको चिनियाँ चासोले भने यो नेपालको आन्तरिक मामिलामै सीमित नभएको प्रष्ट भएको छ ।

नेपाल सार्वभौम मुलुक हो । आफ्नो हितअनुकूलका निर्णय गर्न ऊ स्वतन्त्र छ र हुनुपर्छ । यो आम नागरिकको चाहना हो । राष्ट्रियताको सवालमा कुनै सम्झौता गरिनु हुँदैन । एमसीसी,चिनियाँ सडक बिस्तार कार्यक्रम बीआरआई होस् वा अन्य अनुदान नै किन नहोस् ! नेपालले आफ्नो हित हेर्नुपर्छ । सहयोगका सबै कार्यक्रमहरु पारदर्शी हुनुपर्छ र त्यसबारे व्यापक बहस र साझा समझादी बन्नैपर्छ । नेपाललाई यो सहयोग लेऊ वा नलेऊ भन्ने अधिकार कसैसँग छैन । मित्रराष्ट्रहरुले यो कुरा बुझ्नुपर्छ र बुझाउने काम नेपाल पक्षले नै गर्नुपर्छ । अर्काको आन्तरीक मामिलामा हस्तक्षेप गर्ने दुष्साहसलाई ललकार्न सक्नुपर्छ । तर, एमसीसीको मामिलामा नेपालका राजनीतिक दलका नेताहरुले नै दोहोरो चरित्र देखाए । अनुदान सहयोग आफ्नो हित अनुकूल छ÷छैन भन्ने कुरालाई छायाँमा पार्दै परियोजनालाई चीन र अमेरिकाको सामरिक लडाईंसँग जोडिदिए । नेपाली नेताहरुले देखाएको द्धैध चरित्र र अमूक देशप्रति सद्भाव राख्ने प्रवृत्ति घातक भएकोमा कुनै द्धिविधा छैन । तर, नेपालको आन्तरीक मामिलामा खुलेआम प्रतिक्रिया दिने मित्रराष्ट्रहरु पनि यसमा दोषी देखिएका छन् । पछिल्लो समय अमेरिकासँगै चीन पनि नेपाल मामिलामा बढी चनाखो र मुखरित हुन थालेको छ । यसले नेपालको कुटनीतिक क्षमतामाथि धावामात्रै बोलेको छैन,मित्रराष्ट्रको रणभूमि बन्ने खतरा बढेको छ । अमेरिका र चीनबीचको मित्रता वा शत्रुता नेपालको चासो हैन । चासो त,नेपाललाई भजाँएर आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृत्तिप्रति छ ! मित्रराष्ट्रहरुलाई नेपाल भजाँउने छुट छैन । यस्तो प्रवृत्ति तत्काल रोकिनुपर्छ । मित्रराष्ट्रहरु मुखरित भएको बेला नेपालले बुद्धिमत्ता प्रदर्शन गर्नुपर्छ । बढ्दो विदेशी चासोमा तत्काल लगाम लाग्ने वातावरण निर्माण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->