बागलुङ/ बाग्लुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारी सहित आठजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारी सहित आठजनाविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
उनीहरुले बाग्लुङ नगरपालिकाले कामै नभएको काममा काम भएको देखाएको, निर्माणाधीन बसपार्कमा कामै नभएकोमा भुक्तानीमा सही गरेको भन्दै आयोगले उनीलाई ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।





