बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रुसलाई रोक

रुसलाई रोक


  • Dhorpatan News
  • फाल्गुन १५ २०७८, आइतबार

रुसको शैन्य आक्रमणबाट युक्रेनमा ठूलो जनधनको क्षति भएको छ । रुस युक्रेनमाथि पूर्ण नियन्त्रणको लागि अगाडि बढिरहेको छ र यो उपक्रममा थप मानवीय क्षति हुने निश्चित छ । नेपालबाट ५ हजार ३१२ किलोमिटरको दूरीमा रहेको युक्रेनमा भएको आक्रमणको बाछिटाले नेपाल सिंगो विश्वसहित नेपाल पनि प्रभावित भएको छ । पहिलो चासो त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षासँग जोडिएको छ भने मानवीयताप्रति संवेदनशीलता हुनुपर्ने दायित्यवोधले पनि नेपाल किचिएको छ । नेपालको परराष्ट्र मन्त्रालयले संयमित भाषामा रुसी आक्रमणको विरोध गरेको छ । सार्वभौसत्ता सम्पन्न राज्यमाथि भएको आक्रमण रोक्नुपर्ने र वार्ताको माध्यमबाट समस्याको समाधानमा जोड दिएको छ । विश्वका शक्तिशाली राष्ट्रहरुको धम्कीपूर्ण आग्रहलाई वेवास्ता गरेको रुसले नेपालको आग्रहलाई महत्व दिने कल्पना गर्न सकिँदैन तर नेपालले आफूलाई युद्धको विपक्षमा उभ्याएको छ । युक्रेनलाई नैतिक समर्थन गरेको छ । अर्काको सार्वभौमिकतामाथि धावा बोल्ने अधिकार कसैसँग छैन र हुनुहुँदैन ।

वास्तवमा, रुसले यतिबेला मानवीयता बिर्सेको छ र साम्राज्यवादी चरित्र प्रदर्शन गरिरहेको छ । आफूभन्दा कमजोर सानो राष्ट्रमाथि आक्रमण गरेर उसले भत्र्सनायोग्य व्यवहार प्रदर्शन गरेको छ । रुस कुनैबेला सोभियत संघअन्तर्गत रहेको युक्रेनलाई आफ्नो कब्जामा पार्न चाहन्छ भन्ने प्रष्ट भएको छ । नेटाको बिस्तार रोक्नको लागिमात्रै युक्रेनमाथि आक्रमण गरिएको भन्ने उसको भनाइ विश्वसनीय छैन । किनकि, यसअघि सन् २०१४ मा क्रिमियाको स्वतन्त्र अस्तित्व मेटाएको रुसका गतिविधिले त्यही पुरानो घटनाको याद दिलाएको छ । युक्रेन संकटमा छ । ठूलो शैन्य सामथ्र्य नभएको यो मुलुकका जनता यतिबेला राष्ट्रिय स्वाधीनताको याचना गरिरहेका छन् । रुसी आक्रमणको प्रतिरोध गर्न सडकमा ओर्लिएका छन् । गैरसैनिकहरु युद्धमा होमिँदा एकातिर थप मानवीय क्षति पु¥याउने चिन्ता थपिएको छ भने अर्कोतिर राष्ट्रियता कति महत्वपूर्ण रहेछ भन्ने सन्देश पनि उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रियताप्रति युक्रेनी नागरिकले देखाएको समर्पण सह्रानीय छ तर मानवीय क्षतिले भने सबैलाई झस्काएको छ । अहिले ती नागरिकको ज्यानको सुरक्षा पहिलो सर्त भएको छ । उनीहरुको सुरक्षाको लागि युद्ध रोकिनुपर्छ र यसको लागि रुसमाथि थप दवावको खाँचो देखिएको छ । हिजो सहयोगको आश्वासन दिएका राष्ट्रहरुबाट सहयोग नपाएको त्यहाँका राष्ट्रपतिले गुनासो गरेका छन् । उनको गुनासोमा दम छ । हो,युक्रेनको मामिलामा सहयोगी राष्ट्र र संयुक्त राष्ट्रसंघको भूमिका यहाँ प्रभावकारी बन्न सकेको छैन । युक्रेनको भौगोलिक अखण्डता र मानवीय सुरक्षामा राष्ट्रसंघले प्रभाकारी भूमिका निभाउनु पर्छ । तर शक्तिशाली राष्ट्रहरुले पनि युद्ध लब्याउने गरी सहयोग गर्नु अहिलेको अवस्थामा उचित देखिँदैन । आक्रमण रोकिनु पहिलो र समस्याको शान्तिपूर्ण समाधानलाई दोस्रो प्राथमिकतामा राखिनुपर्छ । रुसले पनि मानवीयताको ख्याल गर्नुपर्छ । सिंगो संसार युद्धको विपक्षमा उभिएको बेला उन्मादपूर्ण साम्राज्यवादी सोच त्याग्दा नै रुसको पनि भलो देखिन्छ । रुसलाई लगाम लगाउने र आक्रमण रोक्न मनाउने कामको अगुवाइ चाहिँ उसका निकट देखिएका राष्ट्रहरुबाट गरिनुर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->