पर्वत/ नेपाल निजामति कर्मचारी सङ्गठन पर्वतको ११ औ जिल्ला अधिबेसन सम्पन्न भएको छ ।
अधिबेसनबाट २१ सदस्यीय जिल्ला कमिटी सहित पाँच सदस्यीय केन्द्रिय प्रतिनिधिहरु चयन भएका छन् । सर्वसम्मत रुपमा भएको अधिबेसनबाट जिल्ला कमिटीको अध्यक्षमा बालकृष्ण शर्मा चयन भएका छन् । यस्तै महिला उपाध्यक्षमा यशोदा सुवेदी, खुला उपाध्यक्षमा पारश्वर शर्मा, सचिवमा दिपक सुवेदी, सहसचिवमा दिनेश शर्मा, कोषाध्यक्षमा यमनाथ पौडेल चयन भएका छन् ।
सचिव दिपक सुवेदीका अनुसार महिला सदस्यहरुमा कमलादेवी शर्मा, शुसिला अधिकारी, मेनुका अधिकारी र पूण्य कुमारी शर्मा तथा खुला सदस्यमा रामकृष्ण सुवेदी, सन्तोष थापा, कमल प्रसाद तिवारी, नारायण प्रसाद गौतम, टंक प्रसाद भुसाल, शुसिल प्रसाद शर्मा र अर्जुन प्रसाद तिवारी रहेका छन् ।
बल बहादुर जि टी जनजाती सदस्य, मिठुलाल सि के दलित सदस्य र सन्तोष पौडेल कार्यालय सदस्यका रुपमा चयन गरिएको छ ।
सोही अधिबेसनबाट खुला केन्द्रीय प्रतिनिधिमा देवी प्रसाद पौडेल र लोक प्रसाद लामिछाने, महिला केन्द्रिीय सदस्यमा अम्बिका उपाध्याय, सिबिए प्रतिनिधिमा गौरवदास बैरागी तथा सहकारीको प्रतिनिधिमा धन बहादुर कुँवर रहेका छन् ।
अधिबेसनको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य पदम गिरीले निजामति कर्मचारीहरु सदैव पेशाप्रति बफादार हुनुपर्ने बताउँदै नागरिकलाई सहज बनाउने क्षमता पनि कर्मचारीमा रहने बताए । संघीय निजामति ऐन जारी नहुँदा कर्मचारीहरुको व्यवस्थापनमा केही कठिनाईहरु आएको भए पनि अहिले ऐन निर्माणकै क्रममा रहेकाले जारी भए पछि समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
अधिबेसनमा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अधिबेसन आयोजक कमिटीका सहसंयोजक लेखनाथ कोइरालाको पनि सहभागीता रहेको थियो ।





