बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पल र मतियार दुबैलाई कारवाही गर

पल र मतियार दुबैलाई कारवाही गर


  • Dhorpatan News
  • फाल्गुन २२ २०७८, आइतबार

पल शाह नामक एक फिल्मी पात्रले गरेको बलात्कार लुकाउन भरमग्दुर प्रयास गरियो । पीडिता र उनका आफन्तलाई धक्याउने,फकाउनेसम्मका सबै हर्कतहरु गरिए । ती प्रयासका वावजुद ती व्यक्तिविरुद्ध मुद्दा दायर भयो । मुद्दा दायर हुँदासम्म पनि उनी सामाजिक सञ्जालमा छाइरहे । बलात्कारलाई सामान्य घटना बनाउने प्रपञ्च रचिरहे । प्रहरीको आँखाबाट उनी हराइरहे । दवाव धान्न नसकेपछि उनी प्रहरीकहाँ पुगे र अहिले हिरासतमा छन् । कानूनी आँखाले हेर्दा उनी हालसम्म आरोपिमात्र हुन्, अभियुक्त हैनन् ।तर, यसबीचका क्रियाकलाप, विवादास्पद अभिव्यक्ति र पीडिता पक्षधरहरुको दावी हेर्दा ती व्यक्ति वास्तवमै आपराधिक मानशिकता बोकेका व्यक्ति हुन् भन्ने आरोपलाई वल पुगेको छ । अझ, उनको न्यायको लागि भन्दै सडकमा उत्रिएका झुण्डले प्रदर्शन गरेको नग्नताले स्वयं पललाई नै नङ्ग्याएको छ । कानून हातमा लिने प्रपञ्च रचेर अपराधमाथि अपराध गर्ने प्रपञ्च रचेको देखिएको छ । नाबालिका बलात्कारजस्तो गम्भीरमुद्दालाई विषयान्तर गर्न खोजेर,पीडतामाथि थप पीडा थापरेर यो बीचमा भइरहेका गतिविधिहरु अपराधजस्तै गम्भीर प्रकृतिका हुन् भन्ने देखिएको छ । समग्रमा पल र उनका समर्थकहरुको हर्कतले कानूनी राज्यको अवधारणामाथि धावा बोलेको छ ।

कानूनका दफा पल्टाउनै पर्दैन, बलात्कार आफैमा जघन्य अपराध हो । त्यस्ता अपराधीलाई यो वा त्यो बहानामा उन्मुक्ति मिल्नु हुँदैन र हदैसम्मको सजाय दिइनुपर्छ । पलले नाबालिकामाथि गरेको कुकर्मसँग जोडिएका धेरै भनाइहरु सार्वजनिक भएका छन् । विवादास्पद अभिव्यक्तिहरु आफै प्रमाणका रुपमा उभिएका छन् । प्रहरी अनुसन्धानमा जुटेको छ तर ऊ माथि भीडको चर्को दवाद छ । कतिसम्म भने केही महिला अभियन्ताहरु समेत आरोपितको पक्षमा उभिएका छन् । यस्तो दवावका बीच प्रहरीलाई काम गर्न गाह्रो छ । निर्मला पन्त बलात्कार काण्डका अपराधी पक्राउ नपरेको घटनालाई नजीर मानेर प्रहरीको क्षमतामाथि प्रश्न उठाउनु अहिल्यै हतार हुन्छ । प्रहरीले कथित अभियानहरुमा रोक लगाउँदै गम्भीर तरिकाले अनुन्धान गर्नुपर्छ । भीडको दवावबाट प्रहरी प्रशासन मुक्त हुनुपर्छ । अर्कोतर्फ, अपराधीलाई उन्मुक्ति दिनुपर्छ भन्ने नारा उचालेर सिंगो नारी समुदायलाई अपमानित गर्ने, कानूनी राज्यको खिल्लि उडाउने तथा अपराधलाई प्रश्रय दिने काम बन्द गरिनुपर्छ । अपराधीले उन्मुक्ति पाउँदा एउटा पीडतले न्याय नपाउने कुरामात्रै हुँदैन,अपराधीलाई प्रोत्साहन मिल्छ । अतः यो खेलाँचीको विषय बन्नु नै हुँदैन । पीडितालाई न्याय दिलाउँदै उनको सुरक्षा एवं मानशिक स्वास्थ्यको ख्याल गर्नुृपर्ने हुन्छ । यसका साथै पीडितालाई मानशिक तनाव दिने र समाजवाट त्यक्त बनाउने गतिविधि पनि तत्काल रोकिनुपर्छ । त्यस्ता हर्कत गर्नेहरुलाई पनि अपराधकै मतियारका रुपमा दण्डित गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->