बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका छ विद्यालयको संयुक्त परीक्षा

बागलुङका छ विद्यालयको संयुक्त परीक्षा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७८, सोमबार

बागलुङ/ बागलुङ सदरमुकामका ६ वटा निजी तथा आवासीय विद्यालयहरुले संयुक्त रुपमा माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूर्वतयारी परीक्षा सञ्चालन गरेका छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (व्याव्सन) बागलुङ नगरको समन्वयमा छ वटै विद्यालयले एउटै विद्यालयमा परीक्षा सुरु गरेका हुन् । आइतबारदेखि रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीमा परीक्षा सुरु भएको व्याव्सन बागलुङ नगर समितिका अध्यक्ष कृष्ण अधिकारीले बताए ।

परीक्षामा १ सय ९८ जना विद्यार्थी सहभागी छन् । कोरोना महामारीलगायतका कारण देखाउँदै केही वर्षदेखि रोकिएको पूर्व तयारी परीक्षा यो बर्षबाट संयुक्तरुपमा सुरु गरिएको अधिकारीले बताए । ‘यो परीक्षाबाट कोही पनि फेल वा पास हुँदैन्, मात्रै एसईईको तयारी कसरी गर्ने, परीक्षामा निर्धक्क भएर कसरी लेख्ने भन्ने बिषयमा विद्यार्थीलाई ज्ञान गराउने उद्देश्यले गरिएको हो’, अधिकारीले भने ।

सिद्धार्थ शिक्षा सदन, चिल्ड्रन लाइफ बोर्डिङ स्कुल, अमर आदर्श बोर्डिङ स्कुल, गरिमा डिग्निीट िआवासीय माव्,ि युएस एकेडेमी र न्यु एभरेष्ट एकेडेमीले संयुक्त परीक्षा सञ्चालन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->