बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चौंरी मरेका किसानलाई राहत देऊ

चौंरी मरेका किसानलाई राहत देऊ


  • Dhorpatan News
  • फाल्गुन २३ २०७८, सोमबार

प्राकृतिक प्रकोपहरुको मार किसानहरु बढी पर्ने गरेको छ । गत वर्ष हिमाल पारीको जिल्ला मुस्ताङमा हिउँदको समयमा भारी हिमपात भयो । हिमपातका कारण त्यहाँका किसानले पशु धनको ठूलो क्षति व्यहोरे । मानवीय क्षति नभएपनि हरेक वर्ष औषतभन्दा तलमाथि हुने हिमपातका कारण किसान मर्कामा पर्ने गरेका छन् । गत असोजको अन्तिम सातादेखि परेको बर्षाको प्रभावका कारण तराइ, मध्यपहाड र उच्चपहाडी क्षेत्रका किसानले बालीमा क्षति भोगे । हिउँदको समयमा उच्च हिमाली क्षेत्रका किसानले हिमपातका कारण पुग्ने क्षतिको समस्या जस्ताको तस्तै छ । किसान समान हिसावले मारमा पर्ने गरेका छन् ।

कात्र्तिक २८ गते थासाङ गाउँपालिका–२ मा टुकुचे हिमालको चुचुरोबाट भीषण हिमपहिरो खस्यो । गाउँको नजिकै खसेको हिमपहिरोका कारण स्थानीयले वर्षौं लगाएर हुर्काएका चौरी र याक क्षणभरमै माटोमा मिलायो । महिनौं बिते, सरकारका निकाय, स्थानीय सरकार र अन्य सरोकारवाला समेत त्यहाँ पुगे । तथ्यांक बटुले, किसानसँग सहानुभुती बाँढे । एक त हिमाली जिल्लाको बसोबास, रहनसहन र जीवनशैली । पशुचौपायको पालनतालन समेत कठिनले हुन्छ । अर्कोतर्फ महंगोमा खरिद गरेर लामो समय खर्चेपछि मात्रै समान्य मुनाफा लिन सकिने समस्या झलिरहेका किसानलाई हिमपहिरो अभिासप भयो । हिउँपहिरोले गोठ मासिएकाहरु गाउँ छोडेर हिँडे, हिमपातको समय सकिने बेलासम्म पनि गाउँ फर्कन सकेका छैनन् ।

टुकुचे हिमालको चुचुरोबाट खसेको हिमपहिरोले क्षतिको गति रोकेको छैन् । गत शनिबार बिहान ४ बजेको समयमा आएको पहिरोले एउटै गोठका ३५ चौरीको एक चिहान बनायो । संयोग गोठमा रहेका गोठाला पनि छिमेकमा पुगेकाले मानवीय हताहती भएन् । मुस्ताङका किसानले भोग्ने गरेका क्षतिका घटना नयाँ होइनन् । वातावरणीय असन्तुलनका कारण हिमऋङ्खलामा देखिने उतार चडावको शिकार यहाँका किसान हुने गरेका छन् । सम्पन्न परिवारका लागि पशुधनको क्षति केही नहोला तर पशुधनबाट नै गुजारा चलाउनेका लागि यो क्षति जीवन मरणको दोसाँद हो । गोठबाट आर्जेर चुल्हो बाल्नेहरुका लागि सरकारले सान्त्वनाबाहेक केही नदिएको गुनासो किसानहरुमा छ । तर सरकारको उपस्थिती, राहत र पुनस्थापनका कार्यक्रम नारामा मात्रै सीमित हुने गरेका छन् । मुस्ताङका किसानले हिमपात र हिमपहिरोका कारण गुमाइरहेको पशुधन, बालीनालीको क्षति र उव्जाउ जमिन बगर बनेको घटनाहरुमा सरकार गम्भीर बन्न जरुरी छ । हिमालपारी पनि देश छ, जीवन चलिरहेको छ । उनीहरुले पनि संबिधानले सिद्ध गरेका अधिकार प्राप्त गर्न पाउँछन् । हिमालपारीको समस्यामा गम्भीर बनौं, किसानलाई राहत र पुनःस्थापनाको व्यवस्था गरौं । हिमपहिरोको कारण र वातावरणीय असन्तुतलबारे खोजविन गर्दै गरौंला ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->