बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आगलागीबाट हुने क्षति कम गर्न ध्यान देउ

आगलागीबाट हुने क्षति कम गर्न ध्यान देउ


  • Dhorpatan News
  • फाल्गुन २४ २०७८, मंगलबार

आइतबार तनहुँको दमौलीस्थित एक हार्डवेयर गोदाममा आगलागी भयो । बिहान १० बजेदेखि लागेको आगो निभाउन दमकल बोलाइएको थियो तर दमकलले पनि निभाउन सकेन । सानो दमकल, सानै परिणाममा बोकेको पानीले दन्केको आगो नियन्त्रणमा लिनसक्ने कुरै भएन् । आगोको प्रकृति हेर्दा लाग्थ्यो एक÷दुई वटा दमकलले मात्रै आगो नियन्त्रणमा लिन सक्दैन । भयो पनि त्यस्तै झण्डै २ घण्टपछि आगो निभाउनको लागि काठमाडौंबाट बोलाईएको सिम्रिक एअरको हेलिकप्टरले दमौलीको मादी नदीबाट नै बकेटमा पानी ओसारेर आगो निभाउन सफल भयो । दमौलीको आसपासमा भएका एक दुईवटा दमकल मात्रै आगो नियन्त्रणका लागि पुगे । थप दमकल मगाउन दुरीका हिसाबले टाढा थिए । नजिकमा बरु जमिन फोर्ने स्काभेटर फालाफाल भेटिए तर दमकल भेटिएनन् । फलस्वरुप महंगो मुल्य तिरेरै भएपनि हेलीको सहायतामा आगो नियन्त्रणमा आयो । जनधनको क्षतिलाई जोगाईयो ।

दमौलीको आगलागीले स्थानीय, प्रदेश र संघीय सरकारलाई केही संकेत गरेको छ । सचेत बनाएको छ । पहिलो कुरा त सम्भावित दुर्घटनाबाट बच्नका लागि संरचना निर्माणमा राज्यको ध्यान पुग्न जरुरी छ । दमौलीमा कोचाकोच भवनहरु नहुँदा हुन त क्षति कम गर्न सकिन्थ्यो । बिद्युतीय त्रुटी वा अन्य कारणबाट हुने आगलागी नियन्त्रणका लागि विद्युत पुगेका र आगलागी हुनसक्ने अन्य सम्भावना भएका ठाउँमा अग्नि नियन्त्रक पाउडर तथा ग्यासको सन्चिती बाध्यकारी बनाउनुपर्ने संकेत यो घटनाले गरेको छ । त्यसो हुँदो हो त बिद्युत सट हुँदा सानो हुँदा नियन्त्रण भएको आगोले ठुलो रुप लिने थिएन् । सम्भावित आगलागीसँग बच्ने उपाय, आगलागी नियन्त्रणका लागि पूर्वतयारी, आवश्यक सामग्री र दमकल समेतको व्यवस्थापनको लागि यो घटनाले सरकारलाई झक्झकाएको छ । सर्वसाधारणमा रहेको आगोप्रतिको
बेवास्तालाई पनि चेत्नका लागि यो आगलागीले संकेत गरेको छ ।

दमौलीमा भएको क्षतिको पूर्ण विवरण आईसकेको छैन । विवरणका आधारमा व्यवसायी र सर्वसाधारणले व्यहोरेको क्षतिमा सरकारी निकायबाट पाउनुपर्ने राहतका बिषयमा दुई मत रहेन् । आगलागीको घटना दमौलीको घटना मात्रै होईन हरेक बर्ष सुख्खा याममा हुने आगलागीले धनजनको क्षति गरिरहेकै छन् । तर पनि बाटो बनाउनका लागि करोडौंका स्काभेटर खरिद गर्न सक्ने हाम्रा स्थानीय तहले एउटा दमकलको व्यवस्था गर्नेमा ध्यान दिँदैनन् । सरकारी तथ्यांक हेर्ने हो भने तीन वर्षमा ५ हजार आगलागी, १५८ को मृत्यु, ८ अर्बको क्षति भएको विवरण गृह मन्त्रालयसँग छ । तर देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय स्थानीय तहसँग दमकल नभएको टिठलाग्दो तथ्यांक हामीसँग छ । स्रोत नभएर होईन चासो र चिन्तन कम भएका कारण स्थानीय सरकारहरु आगलागी नियन्त्रणमा उदासिन छन् । बर्षेनी आगलागीका कारण हुने क्षतिको न्युनिकरणका लागि नजिकको सरकार जिम्मेबार हुनुपर्छ । प्रदेश र संघको साथ लिएर अग्नि नियन्त्रकको व्यवस्थापन, आगलागी नियन्त्रणको पूर्वतयारी र आगलागी हुन नदिन सचेतना मुलक कार्यक्रम चलाउन सरकारी निकाय गम्भिर बन्नुपर्छ । नागरिकले पनि आगोको क्षतिबाट बच्न थप सचेत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->