बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘अधिकार खोज्न महिला आँफै जागौं’

‘अधिकार खोज्न महिला आँफै जागौं’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७८, मंगलबार

बागलुङ/एकसय १२ औं अन्तराष्ट्रिय महिला दिवशको अबसरमा बागलुङका बिभिन्न स्थानमा भएका कार्यक्रममा महिलाहरुले अधिकारकालागि महिला अझै आन्दोलित हुनुपर्ने धारणा राखेका छन् । उनीहरुले अधिकार मागेर नपाएको भन्दै खोस्न तयार हुनुपर्ने समेत बताए ।

बागलुङमा आयोजित कार्यक्रममा संघिय सांसद मनकुमारी केसीले महिलाहरु राजनीति देखि सबै क्षेत्रमा अगुवाई गर्न तम्सिनुपर्ने बताइन् । उनले सबै समस्या बोकेर पनि संघर्ष गरेका महिलाले संसारमा नाम लेखाएको पनि बताइन् । ‘जो महिलाले संघर्ष गरेर राजनीति वा अन्य क्षेत्रमा लागेको छ उनीहरु सफल पनि भएका छन्’ उनले भनिन्, ‘नेपालमा संविधानले दिएको अधिकार पनि नपाउने अबस्था चिर्न फेरी अन्तरसंघर्ष आवस्यक छ ।’ उनले पार्टी नेतृत्व देखि स्थानीय तहमा पनि महिला अगाडि बढ्नुपर्ने बताइन् ।

बागलुङ नगरपालिका, अन्तरपार्टी महिला संजाल, नेपाल पत्रकार महासंघ बागलुङ, सामाजिक बिकास कार्यालय सहितका आधादर्जन संस्थाको आयोजनामा दिवश मनाइएको हो । बागलुङ नगरपालिका वडा नं. ३ की अध्यक्ष लक्ष्मी बास्कोटाको अध्यक्षता, अन्तरपार्टी महिला संजालकी अध्यक्ष कुशुम बुढाको संचालन र सामाजिक बिकास कार्यालयका प्रमुख डम्बरबहादुर जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी सचिव उशा पौडेल, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य टिकाकुमारी विश्वकर्मा, अखिल नेपाल प्रगतीशिल महिला संघकी मञ्जु क्षेत्री, नेकपा एस निकट महिला संगठनकी अध्यक्ष सिता छन्तयाल, समाजवादी महिला संगठनकी अध्यक्ष निमा गुरुङ, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य रुद्रा केसीले अधिकार कानूनमा लेखेर मात्र नभइ व्यवहारमा लागू हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सहन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, सामाजिक बिकास समितिका अध्यक्ष गणेश पौडेल, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, महिला हित सहकारीकी अध्यक्ष लीला खड्का, मानवअधिकार संगठनकी अध्यक्ष लक्ष्मी जिसी कार्की, सुरक्षित आप्रबासन कार्यक्रमका संयोजक मीनप्रसाद उपाध्याय, पत्रकार कोपिला कंडेल लगायतले महिला अधिकारको पक्षमा बोलेका थिए । त्यस अघि महिलाहरुको ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो । नेपाल प्रहरी सहित व्यवसायी महिला, सहकारीकर्मी, राजनीतिक दलका महिला संगठन लगायतले पनि ¥यालीमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->