बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

देवीस्थानमा ज्येष्ठ नागरिक भवन

देवीस्थानमा ज्येष्ठ नागरिक भवन


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७८, मंगलबार

पर्वत/ पर्वतको फलेवास नगरपालिका–५, देवीस्थानमा ज्येष्ठ नागरिक सामुदायिक भवन बनेको छ ।

भवनको सोमबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले उद्घाटन गरे । उनले कतिपय परिवारमा ज्येष्ठ नागरिकहरुलाई हेय भावका रुपमा हेर्ने त कतिपयलाई बृद्धाश्रममा जान बाध्य पार्नेजस्ता काम भइरहेकोमा दुखेसो व्यक्त गरे ।

फलेवास नगरपालिका प्रवक्ता टीकाराम गौडेलले ज्येष्ठ नागरिक भवनहरुले झनै सहज हुने बताए । जेष्ठ नागरिक भवनमा बृद्ध पुस्ताहरुले मन बहलाउन सक्ने उनको भनाइ छ । भवन उद्घाटनकै अवसर पारेर देवीस्थानका जेष्ठ नागरिकहरु सय वर्षीय रत्नबहादुर थापा र ९५ वर्षीय भिमप्रसाद रेग्मीलाई सम्मानित गरिएको छ । सोही अवसरमा जेष्ठ नागरिक भवनलाई भजनमा प्रयोग हुने वाद्यवादन सामग्रीहरु तथा आमा समूहलाई स्ट्रेचर हस्तान्तरण पनि गरिएको देवीस्थानका वडाध्यक्ष भोलानाथ भुसालले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->