बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फोहर व्यवस्थापनमा झमेला, महानगरले सिकोस्

फोहर व्यवस्थापनमा झमेला, महानगरले सिकोस्


  • Dhorpatan News
  • चैत्र ७ २०७८, सोमबार

पोखरा १४ बाच्छेबुडुवामा एसियाली विकास बैंकको सहयोगमा निर्मित ल्याण्डफिल साइटको आयू सकिएको धेरै भइसक्यो । २०६१ सालमा निर्माण गरिएको ल्याण्डफिल साइटमा दैनिक २ सय टनको हाराहारीमा फोहर विसर्जन गरिन्छ । आयू सकिए ल्याण्डफिल साइटले अझ १५ वर्ष पोखराको फोहर धान्ने अनुमान गरिएको थियो । तर, पोखराको अर्को बहुप्रतिक्षित विकास परियोजना अन्तर्राष्ट्रिय विमानस्थलका कारण ल्याण्डफिल साइट सार्नुपर्ने बाध्यता आइपरेको छ । विमानस्थलको १० किलोमिटर उडान क्षेत्रमा पर्ने ल्याण्डफिल साइट बन्द नगराए हवाइ उडान असुरक्षित बन्छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणसँगै ल्याण्डफिल साइटको वैकल्पिक व्यवस्था गर्न महानगरसँग अनुरोध गर्दै आइरहेको थियो । तर, विमानस्थल तयार हुँदा पनि वैकल्पिक ल्याण्डफिल साइटको टुंगो लागेको छैन । पोखरा १६ र २० मा पर्ने पस्मराङमा रहेको पौने २ सय रोपनी जग्गामा सार्ने महानगरको योजना स्थानीयको विरोधले अलपत्र छ ।

आफू नजिक फोहर विसर्जनको सबै ठाउँका स्थानीयवासीको टाउको दुखाइ बन्छ । देशका अन्य भागमाजस्तै पोखरामा पनि त्यो समस्या देखिएको थियो÷देखिएको छ । तर, स्थानीयको माग संवोधन गर्दै महानगरले बाच्छेबुडुवामा निर्वाध फोहर पाल्दै आएको थियो । पछिल्लो उपक्रममा भने स्थानीयवासी विच्किए । उनीहरुले पुराना माग कार्यान्वयनको माग राख्दै फोहरका गाडी रोकिदिए । फोहर नउठ्दा महानगर दुर्गन्धित र कुरुप देखियो । यो घटनालाई महानगरको असक्षमताको रुपमा अथ्र्याइयो । यसमा सत्यता पनि थियो ।

स्थानीयवासीसँग गरिएका सम्झौता कार्यान्वयन हुनुपर्छ तर फोहर विसर्जन गर्न नै नदिनुलाई राम्रो मान्न सकिँदैन । स्थानीयवासीसँग पुनः सहमति भएको छ । फोहर उठ्न थालेको छ । वार्ताबाट समस्या सल्टाउनु राम्रो हो । अर्को ल्याण्डफिल साइटको जग्गा खोज्दैमा अवरोध सिर्जना भएको छ । जग्गा प्राप्त हुँदा त्यहाँ पनि स्थानीयबाट विभिन्न मागहरु राखिने निश्चित छ । ल्याण्डफिलको लागि कहीँनकहीँ जग्गा खोज्नैपर्छ । स्थानीयले दिनैपर्छ । त्यस्तोमा महानगरले दिइएका आश्वासन र गरिएका सम्झौता कार्यान्वनयमा दृढ भएको सन्देश दिनु जरुरी हुन्छ । अर्को ल्याण्डफिल साइट पोखराको आवश्यकता हो । नयाँ ल्याण्डफिल साइट बनाउँदा स्थानीयलाई मर्का नपर्ने,वातावरण नबिग्रने र ल्याण्डफिल साइट निर्माणमा सहजीकरण गरिएकोमा स्थानीयले लाभ पाएको महशुस हुने वातावरण निर्माण हुनुपर्छ । यो घटनाबाट महानगरले पाठ सिक्नुपर्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->