बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

उत्पादनमुखी बनौं

उत्पादनमुखी बनौं


  • Dhorpatan News
  • चैत्र ९ २०७८, बुधबार

भुइँमान्छेलाई देशको आर्थिक अवस्था कस्तो छ भन्नेबारे खासै चासो हुँदैन । अर्थशास्त्रका गह्रुंगा सिद्धान्तहरु उनीहरुले बुझ्दैनन्बु/झ्ने चासो दिँदैनन् । दैनन्दिन जीवनमा आवश्यक पर्ने सामग्रीको मूल्य बढ्दा,सार्वजनिक यातायात महँगो हुँदा वा अभाव सिर्जनाले मात्रै उनीहरुलाई छुन्छ । नागरिकको भान्छालाई सत्तोमा उक्काउनु,सामाजिक सुरक्षाको प्रबन्ध गर्नु तथा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता सुलभ भएमा उनीहरु ढुक्क बन्छन् । वैदेशिक व्यापार कसरी चलिरहेको छ । दैनिक जीवनमा प्रयोग हुने सामग्री कहाँबाट आउँछजस्ता प्रश्नहरु पनि उनीहरुका लागि गौण नै हुन्छन् । तर, सत्य के हो भने आम नागरिकको भान्छामा आवश्यक पर्ने धेरैजसो सामग्रीहरु विदेशबाट आयात हुन्छ । पैसा हुनेले किन्ने हो भनेरमात्रै पनि सामान पाइँदैन । सामान ल्याउन विदेशी मुद्रामा भुक्तानी गर्नुपर्छ । लामो प्रक्रिया पार गर्नुपर्छ । किन्नको लागि ढुकुटी बलियो हुनुपर्छ । व्यक्तिको जस्तै राज्यको ढुकुटीमा पनि तलमाथि हुन्छ । आम्दानीभन्दा खर्च बढी हुँदा सन्तुलन बिग्रन्छ ।
हो, नेपालको आर्थिक सन्तुलन बिग्रिएको छ ।

भन्सार विभागको ताजा तथ्याङ्कलाई आधार मान्ने हो भने, बितेका ८ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाखभन्दा बढीको सामान आयात गरेको छ भने १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाखको निर्यात भएको छ । आयात र निर्यातबीचको खाडल डरलाग्दो छ । यसले व्यापार घाटा ३४.५० प्रतिशतले बढाएको छ । ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँको व्यापार घाटा सानो हैन । नेपालको व्यापार घाटा वर्षेनी असन्तुलित हुँदै गएको छ । व्यापार घाटा बढ्दा ढुकुटीमा विदेशी मुद्राको संचिति रित्तिँदै गएको छ । विदेशी मुद्राको संचिति घट्नु भनेको अत्यावश्यक सामग्री मगाउन नसकिने अवस्था आउने संकेत हो । यो संकेतलाई बेलैमा बुझिएन भने संकट आउनसक्छ । व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनमा जोड दिइनुपर्छ । उद्योगधन्दाको स्थापना हुनुपर्छ । तर, पछिल्लो उपक्रममा उद्योग खोल्नेहरु घटेका छन् । नेपालका ठूला औद्योगिक घरानाहरुले समेत आयातमुखी व्यवसायमा हात हालेका छन् । प्रशासनिक खर्च बढ्दै जाँदा उत्पादनशील क्षेत्रमा लगानी घटेको छ । नेपाल विदेशबाट आएको रेमिट्यान्स खर्चेर उपभोग्यबस्तु आयात गरिरहेको छ । यसले अर्थतन्त्र झन संकटोन्मुख बनेको छ । अतः ढिलो गर्नु हुँदैन । बढ्दो आयात प्रतिस्थापनको लागि उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जुट्नुपर्छ । उपभोक्तावादी हैन कि उत्पादनमुखी संस्कृतिको विकास गरिनुपर्छ । यो अभियानमा भुइँमान्छेको तहबाट पनि सहयोग पु¥याउन सकिन्छ । आफूले उत्पादन गर्न असमर्थ हुने सामग्रीहरु खरिद गर्नुपर्छ तर सम्भव भएसम्म आफूलाई चाहिने सामग्री उत्पादनतिर ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->