बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गौरवका योजनाः म्याद मात्रै नथपियोस्

गौरवका योजनाः म्याद मात्रै नथपियोस्


  • Dhorpatan News
  • चैत्र २१ २०७८, सोमबार

आइतबार देशका केही सञ्चारमाध्याममा समाचार आयो सरकारले रुग्ण आयोजनाहरुको म्याद थप गर्दैछ । चैत मसान्तमा सकिन लागेको म्याद सरकारले थप गर्न थालेको हो । समयमा काम नसकिएका कतिपय राष्टिय गौरवका आयोजना र केही ठुला आयोजनाहरुको म्याद सरकारले थप गर्दैछ । कतै काम सुस्त गतिमा भएका समाचार सार्वजनिक भएका छन् भने केही योजनाको हरेक बर्ष म्याद थप्ने काम मात्रै भएको छ । तर कार्यप्रगति शून्य । सरकारी निकायको लाचारिपन र निर्माण व्यवसायीको चलाखी तथा लापारवाहीका कारण बजेट भएका योजना पनि वर्षौंसम्म अलपत्र पर्ने गरेका छन् । यस पटक सरकारका बिभिन्न मन्त्रालय, विभाग र कार्यालयहरुबाट सम्झौता भएका योजनाहरुको म्याद थपका लागि गतिलो बहाना बनेको छ कोरोना महामारी ।

गतवर्ष नै म्याद सकिएका केही त्यस्ता योजनाहरु छन् जुन वर्षौंदेखि म्याद थप्ने र काम नहुने गरेका छन् । गत वर्ष सबै योजनाहरुको म्याद थप हुँदा ती योजनाहरुको पनि म्याद चैत मसान्तसम्मको लागि थपिएको छ । चैतको मसान्त आउनै लाग्दा लामो समयदेखि अल्झिएका केही योजनाहरुको काम भैरहेको देखिन्छ । वर्षदिनसम्म चुपचाप बसेका निर्माण व्यवसायी यन्त्र, उपकरण र मजदुर सहित कार्यक्षेत्रमा देखिन थालेका छन् । जसको ज्वलन्त उदाहरण हो मध्येपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडक खण्ड । २७ किलोमिटर यो सडकमा दुई खण्डमा विभाजन गरेर काम थालेको ६ बर्ष बित्यो । तीन बर्षमा काम सकिनेगरी निर्माणको जिम्मेबारी पाएका निर्माण व्यवसायी समयमा काम त सकेनन् नै, पटक पटक म्याद थप गर्दा समेत काम सकिएको छैन् । पछिल्लो पटक थप भएको म्याद चैत महिनाको अन्तमा सकिँदै छ । गत बर्षहरुमा जस्तै म्याद सकिने बेला कार्यक्षेत्रमा देखिने मजदुर र उपकरण यस पटक पनि देखिएका छन् । म्याद थपका लागि हुने गरेका यस्ता काम नयाँ होइनन् जुन अहिले देखिएका छन् । मध्यपहाडी लोकमार्ग एउटा उदाहरण मात्रै हो । ठुला भनिएका र राष्टिय गौरवका आयोजना भनिएका यस्ता आयोजनामा यस्तै गतिबिधि चलिरहेका छन् । कार्यालय झुक्याउने र फुर्काउने जनतालाई सधैं ठग्ने यस्ता गतिबिधि दुर्भाग्यपूर्ण हुन् ।

मध्यपहाडीमा चैतको मसान्त आउने थाल्दा जुन किसिमको काम भैरहेको छ । सर्वसाधारणले चाहेको सोही गतिको काम हो । राज्यको ढिकुटी खर्च हुनेगरी सञ्चालन हुने सबै योजनामा सर्वसाधारणको चाहना त्यहिं हो समयमा काम सकियोस् । योजना पनि सञ्चालन हुने र काम पनि समयमा नसकिने परिपाटीको अन्तयका लागि राज्यसंयन्त्रहरु जिम्मेबार बन्नु जरुरी छ । जनताको निरन्तरको खबरदारी र निर्माण व्यवसायीको जिम्मेबार कामले मात्रै सबल राष्ट निर्माण गर्न सकिन्छ । फेरी पनि म्याद थपकै लागि रचिने नाटकहरु यसपटक रचिनु हुँदैन् । काम गर्नेलाई म्याद थपिदिने र नगर्नेलाई कारवाही गर्ने व्यवस्था जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->