बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अब ताल संरक्षणमा लाग

अब ताल संरक्षणमा लाग


  • Dhorpatan News
  • चैत्र २२ २०७८, मंगलबार

पोखरा महानगरपालिकाले फेवातालको नयाँ मापदण्ड तोकेको छ । कार्यकालको उत्तरार्धमा मानबहादुर जिसी नेतृत्वको महानगरले ३० मिटर मापदण्ड कायम गरेको हो । रुपातालको ६५ र अन्य तालको मापदण्ड २० मिटर बनाउने कार्यपालिकाको निर्णय छ । यसअघि पोखरा उपत्यका नगर विकास समितिले फेवातातको मापदण्ड ६५ मिटर तोकेको थियो । सो निर्णय अव्यवहारिक भएको स्थानीयको गुनासो थियो। ६५ मिटरभित्र भौतिक संरचना बनाउन नपाइने,बैंक तथा बित्तीय संस्थामा धितो राख्न नमिल्ने गरि वर्षौंदेखि जग्गा रोक्का हुँदा अन्याय भएको भन्ने उनीहरुको गुनासो जायज थियो ।

व्यक्तिको जग्गा उचित मुआब्जासहित अधिग्रहण पनि नगर्ने र सधैं रोक्का राख्नु हुँदैनथ्यो ।ताल संरक्षण हुनुपर्छ तर संरक्षण कसरी भन्नेमा स्पष्ट हुनुपथ्र्यो । महानगरले अहिले कायम गरेको मापदण्ड न्यायोचित र व्यवहारिक छ । ताल संरक्षण नै गर्ने चाहना हुने हो भने,तालसँगै जोडेर संरचना बनाउँदा पनि फरक पर्दैन ।

मात्र, त्यो संरचनाले पदूषण गर्नु भएन ।संसारमा यस्ता मोडल नभएका हैनन् । संरक्षणको लागि सिन्को नभाँच्ने तर व्यक्तिको सम्पत्तिमाथिको अधिकार हनन गर्न मिल्दैन । ३० मिटरको नयाँ प्रावधानले स्थानीयलाई राहत दिएको छ तर मापदण्ड तोकिएसँगै संरक्षणको दायित्व पनि थपिएको छ। फेवा अतिक्रमणमा परेकोमा विवाद छैन ।

विभिन्न प्रतिवेदनहरुले त्यो तथ्य औंल्याएका छ्न् ।ताल संरक्षणको लागि सर्वोच्च अदालतले गरेको परमादेश एवं त्यसपछि गठित सीमांकन समितिले साँध, सीमाना र क्षेत्रफल तय गरिदिएको छ । फेवातालको क्षेत्रफल उल्लेख छ, १० वर्ग मिल (माइल) अर्थात् १०.३६ वर्ग किलोमिटर भएको भनिए पनि सरकारद्वारा गठित फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले पारित गरेर कायम गरिएको नयाँ क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी कयम भएको हो ।

ताल संरक्षणको गुरुयोजना पनि बनेकै छ । त्यो गुरुयोजना कार्यान्वयनमा ल्याइनुपर्छ ।सरकारले आवश्यक ठाने मुआव्जा दिएर जग्गा अधिग्रहण गर्न सक्छ।त्यो आवश्यक पनि छ । ताल विकासका लागि भन्दै नजिकका जग्गा रोक्का राख्ने तर संरक्षण नगर्ने प्रवृत्ति गलत छ। जग्गाधनीहरूलाई अन्याय गर्न पाँइदैन र मिल्दैन ।
मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको महानगरले जनाएको छ।व्यक्तिको जग्गा फुकुवा तत्काल थालिनुपर्छ ।३० मिटर मापदण्डपछि ताल किनारमा संरचना बन्ने क्रम तीव्र हुनेछ । यसले प्रदुषण बढाउने,ताल कुरुप बनाउने काम हुनसक्छ ।सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->