बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ओरालो अर्थतन्त्र, अर्थमन्त्री र गर्भनर

ओरालो अर्थतन्त्र, अर्थमन्त्री र गर्भनर


  • Dhorpatan News
  • चैत्र २९ २०७८, मंगलबार

सरकारले नेपाल राष्ट्रबैकका गर्भनरलाई निलम्बन गरेपछि नेपालको अर्थव्यवस्था, राजनीतिक क्षेत्र र समग्र जनमानसमा तरंग उत्पन्न भएको छ । तोकिएको समयकालागि नियुक्त भएका गर्भनरको निलम्बनले अर्को गर्भनर नियुक्त गर्ने बाटो त खुलेको छ तर यो किन र केकालागि भन्ने बिषयले अहिले सर्वत्र चर्चा पाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कमीकमजोरी लुकाउन गर्भनरलाई कारवाही गरेको टिप्पणीहरु आउन थालेका छन् । यस अघिको सरकारले नियुक्त गरेकोले उक्त सरकारका पूर्व अर्थमन्त्रीहरुले संयुक्त रुपमा बिरोध समेत गरेका छन् । अर्थमन्त्री आर्थिक मामिलाबारे जानकार नभएको, नेपालको अर्थव्यवस्थामा जोडिने शेयर कारोवारबारे पनि पटक पटक बिबादित अभिव्यक्ति दिएकोले चर्चामा आएका थिए । आर्थिक नीति ल्याउने बेला होस् वा अन्य सरोकारका बिषयमा पनि उनले पटक पटक कमजोरी गरेको अर्थशाष्त्रीले नै टिप्प्णी गर्थे ।

त्यसोत आजकल अर्थमन्त्री होस् वा अन्य मन्त्रीले गरेका कामप्रति बिज्ञता भएका वा नभएका सबैले टिकाटिप्पणी गर्ने चलन बसेको छ । यस्ता प्रकारका टिप्पणीहरुको बिष्लेषण गर्दा मन्त्रीहरु कमजोर जानकार भएकाहरु आउन लागेको भन्ने प्रष्ट हुन्छ । मन्त्रीहरु राजनीतिक व्यक्ति हुन् । उनीहरुलाई बिज्ञता नभएकोले सल्लाहकार राख्न पाउने व्यवस्था पनि छ । तर अभियक्ति दिंदा वा काम गर्दा उनीहरुको सल्लाह नलिने चलनले पनि बिबादित बनाएको देखिन्छ ।

अर्थमन्त्रीको आर्थिक सल्लाहकार गर्भनर समेत हुन् । सल्लाह माग्दामाग्दैपनि दिनुको साटो सार्वजनिक स्थानमा टिकाटिप्पणी गरेको भन्ने अभिव्यक्तिपनि आउनुले दुवै जनामा केही कमजोरी भने रहेको देखिन्छ । हरेक दिन छलफलमा जुट्नुपर्ने मन्त्री र गर्भनर एकले अर्काको बिरोधमा उत्रनु भनेको दुवैजना राजनीतिक रुपमा देखिनुपनि हो । मन्त्री देखिएपनि गर्भनरले राष्टसेवकको रुपमा प्रस्तुत भएको भए यो समस्या आउने थिएन । मन्त्रीले पनि सल्लाह गर्ने, सुझाव दिने र सल्लाह लिन सक्नु पथ्र्यो । उनले पनि आफ्नो रवाफ फिंजाउन खोजे पछि यो अबस्था आएको देखिन्छ । यद्यपी अहिले चुनावी सभामा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्भनरको बचाउ गर्ने, सरकारले हटाउने प्रयास गर्ने र हाल देशमा अर्थतन्त्रमा समस्या आउनु कुनै संयोग मात्र भने होइन । जे जस्तो अबस्था भएपनि देशमा अर्थतन्त्र चुस्त बन्नुपर्छ । कतिपयले आर्थिक गिराबट, बिदेशी मुद्राको संचिती घटेको र स्थानीय निर्वाचन समेत गराउन नसक्ने अबस्था आएको भनेर बहस शुरु गरेका छन् । यदी त्यस्तो हो भने यो गम्भिर बिषय हो । स्थानीय निर्वाचन गराउनै नसक्ने बजेट आउन लागेको हो भने गर्भनरले चारपाँच महिना अघिनै जानकारी दिन किन नसकेको ? वर्तमान सरकार आएको ९ महिना भयो । तर यस अघि सबै राम्रो र अहिले खत्तम भएको हो त ? कि आर्थिक सूचकहरु ओरालो लागेका थिए ? सूचक ओरालो लाग्दा गर्भनरले किन सूचना दिएनन् ? उनी सरकारको सल्लाहकार भएपछि बेलैमा सूझाव दिन नसकेको हो भने कमजोरी भयो ।

समग्रतामा सरकराले गर्भनर हटाउनु नराम्रो हो । तर यो अबस्था आउनुमा एकदुइ दिनको बहस र बिबाद मात्र हो की नियमित बिषय हो ? यो छानविन हुनुपर्छ । साथै देशमा आर्थिक संकट पनि आउनु हुदैन । भलै एउटा सरकार असफल होला, तर राज्य असफल भए देशको भबिष्य अन्धकार हुन्छ । एउटै डुंगामा बसेपछि चुहिएको टाल्ने जिम्मा सबैको हो । त्यसकालागि एकपटक सबैको चासो र चिन्तन आवस्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->