बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दवावमा मुद्दा फैसला हुँदैन : न्यायाधिस कार्की

दवावमा मुद्दा फैसला हुँदैन : न्यायाधिस कार्की


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार
?

बागलुङ/ सर्वोच्च अदालतमा न्यायाधिस हरिकृष्ण कार्कीले दबावमा मुद्दा फैसला हुन नसक्ने बताएका छन् । उच्च अदालत बार एशोसिएसन बागलुङले आयोजना गरेको स्वागत कार्यक्रममा न्यायाधिस कार्कीले राजनीतिक वा अन्य दबावले निर्णय भैहालेमा पीडितले न्याय पाउन नसक्ने बताएका हुन् ।
बुधबार बारले कार्कीको स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा न्यायाधिस कार्कीले जे मनलाग्छ त्यही मुद्दा सर्वोच्चमा नआउने व्यवस्था गर्नुपर्ने धारणा पनि राखे । शुरु अदालतहरुलाई सक्षम र जनताको विश्वास योग्य बनाउन सकेमा सर्वोच्चमा मुद्दा घट्ने पनि बताए । अदालतमा अहिले पनि राजनीतिक हस्तक्षेप कुनै न कुनै रुपमा रहेको उनले बताए । उनले दबावमुक्त अदालत भएमा धेरै मुद्दा समयमा फैसला हुने र न्यायालयमा शुद्वतासमेत आउने उनले बताए ।

कार्कीले मिलापत्र हुन सक्ने मुद्दालाई एकपटक अनिवार्य अवसर दिनुपर्ने, न्याय ढिला हुन नदिने र अदालतको क्षेत्राधिकारको पुनरावलोकन हुने उनले जानकारी दिए । सम्बन्ध बिच्छेदका मुद्दा बढेकोमा कार्कीको चिन्ता थियो । ‘समग्रतामा सर्वोच्चसम्म सम्बन्ध बिच्छेदका मुद्दा बढेका छन्, यो बिषय गम्भिर छ’ उनले भने, ‘नेपाली समाज पुरुष प्रधान भएकोले महिलाको मुद्दा छिटो हेरिएको हो, अन्यायमा परेको पुरुषको पनि मुद्दा हेरिनुपर्छ ।’

जिल्ला र उच्च अदालतमा पुरुषबाट गएका मुद्दामा सम्बन्ध बिच्छेद नभएको कानून व्यवसायीको टिप्पणी थियो । उच्च अदालत बागलुङमा पनि सम्बन्ध बिच्छेदका ७० प्रतिशत बढी मुद्दा महिलाले दिएका मात्र फैसला भएका छन् । पुरुषका नगन्य मुद्दामा मात्र फैसला भएको पाएको कार्कीले बताए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता पदमनाथ शर्मा, बारका पूर्व अध्यक्षहरु काजी गाउँले श्रेष्ठ, हरिप्रसाद पौडेल, भूमिश्वर गौतम र राजुप्रसाद गौतमले पनि बोलेका थिए । अन्य अधिवक्ताले पनि नयाँ वर्षको शुभकामना र कानून व्यवसायको क्षेत्रमा देखिएका समस्याबारे बोल्दै जिल्ला र उच्च अदालत सक्षम र दक्ष बन्नुपर्ने सुझाव दिए ।

उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अखिलनाथ शर्माको अध्यक्षता, सचिव रमेशबहादुर खड्काको संचालन र उपाध्यक्ष बलराम शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्की अदालतहरुको निरीक्षणमा आएकोले केही दिन बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङसमेत पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->