शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

धनशाली हैन निष्ठावानलाई टिकट

धनशाली हैन निष्ठावानलाई टिकट


  • Dhorpatan News
  • बैशाख ५ २०७९, सोमबार

राजनीतिमा लाग्नेहरुबाट कार्यकारी पदको अपेक्षा गर्नु अन्यथा हैन । आफू संलग्न पार्टीको राजनीतिक दर्शनमा टेकेर आफ्ना योजनाहरु कार्यान्वयनमा ल्याउन कार्यकारी पद जरुरी हुन्छ । जनअनुमोदित हुँदै जनसेवामै होमिनु राजनीतिज्ञको अन्तिम लक्ष्य पनि हो, सायद ! यसैले चुनावी मैदानमा ओर्लने लालशा प्रदर्शनलाई स्वभाविक मान्नुपर्छ । स्थानीय चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीभित्र देखिएको आन्तरिक प्रतिष्पर्धा र श्रेष्ठता हासिलको प्रयत्नमा यही तथ्य प्रतिबिम्बित हुनुपर्छ । प्रतिष्पर्धामा असल र योग्यले अवसर पाउनुपर्छ । दलहरु उम्मेदवार छनोटमा व्यस्त रहँदा योजनासहितका योग्य व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ । तर, राजनीतिक दलहरुका पछिल्ला गतिविधिहरुले त्यो सम्भावना दूर हुँदै गएको आभाष भएको छ । कारण, योग्यले भन्दा साम,दाम,दण्ड,भेदको नीति अख्तियार गर्नेहरुको पोल्टामा उम्मेदवारी जाने सम्भावना बढेर गएको छ । यसको उदाहरण नेपाली कांग्रेसले पोखराको मेयरको उम्मेदवार छान्ने प्रक्रियामै देखिएको छ । नेपाली कांग्रेसले पार्टीभित्रका मेयरका आकांक्षीहरुले आन्तरिक प्रतिष्पर्धा गर्दा नै २५ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने प्रावधान खडा ग¥यो । उपमेयरको लागि २० हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरियो । लोकलाजबाट बच्न त्यसलाई सहयोग भनियो । अपितु,त्यो उम्मेदवार हुँदा नै बुझाउनुपर्ने बाध्यकारी दस्तुर थियो । मेयरमा १८ जना र उपमेयरमा १० जनाले दस्तुर तिररै आकांक्षा जनाए । मागिएको सहयोग केका लागि भन्ने प्रष्ट पारिएन । रकम मागेर कांग्रेसले राजनीति गर्न निष्ठा हैन पैसा अनिवार्य सर्त रहेको स्पष्ट पारिदियो । कांग्रेसले देखिने गरी यो निर्णय ग¥यो । अन्य पार्टीहरुमा पनि धनशालीहरु हाबी हुँदै गएका छन् । पैसा नहुनेले चुनाव जित्दैन भन्ने मानक स्थापित गरिएको छ । यो सर्वथा गलत हो ।

पैसा हाबी हुँदा निष्ठा,मूल्य र मान्यताको राजनीति हराएको छ । इमान्दारहरु पार्टीभित्रै पाखा लागेका छन् भने अर्कोतिर विकृति र विसंगति बढ्दै गएको छ । पैसा खर्च गरेर पदमा पुग्नेहरुबाट असल कर्मको अपेक्षा गर्न सकिँदैन ।राज्य स्रोतको दोहनबाट खर्चिएको पैसा उठाउन उद्यत रहने प्रवृत्ति बढेको छ । देशैभरका स्थानीय तहमा देखिएको अनियमितताले यही तथ्य प्रमाणित गरेको छ ।
धन हाबी हुनु राजनीतिको विकृत स्वरुप हो । यो प्रवृत्तिले न राजनीतिक दलको भलो गर्छ न जनताको । राजनीतिक दलहरुले अवलम्बन गरेको यो विकृतिलाई बेलैमा नसच्याए यसले अझ ठूलो विकृति निम्त्याउने छ । अत ः बेलैमा होस पु¥याउँदै दलहरुले धनशालीलाई हैन, इमान्दारलाई टिकट दिने परिपाटीको अंगाल्नुपर्ने भएको छ । इमान्दारीताको जगमा उभिएको राजनीतिमात्रै दीगो हुन्छ । त्यसले पार्टी बलियो बनाउँछ । व्यक्ति हैन पार्टी बलियो हुँदामात्रै लोकतन्त्र बलियो हुन्छ भन्ने दलहरुले मनन गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->