बागलुङ/ निजी विद्यालयको शुल्क बढाउन नगर शिक्षा समितिमा सिफारिस गरिएको निर्णय कार्यान्वयन नगर्न विद्यार्थी संगठनले माग गरेका छन् ।
सोमबारको बैठकमा निजी बिद्यालयका संचालक र नगरपालिकाको शिक्षा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि समेतको बैठकले शिक्षा समितिलाई शुल्क बढाउने सिफारिस गरेको थियो ।
बुधबार संगठनहरुले विज्ञप्ती निकालेर संविधानमा निशुल्क शिक्षा भन्ने तर स्थानीय सरकारले नै ४० प्रतिशतसम्म शुल्क बढाउने सिफारिसमा साथ दिने काम गैरकानूनी र जनताको अधिकार बिपरित भएको आरोप लगाएका छन् ।
विज्ञप्तीमार्फत नेपाल नेविसंघका अध्यक्ष खड्ग थापामगर, अखिल क्रान्तिकारीका इनचार्ज जीवन शर्मा, अनेरास्ववियुका संयोजक नविन पौडेल, अखिल छैंठौका दिलिप बुढाथोकी, समाजवादी बिद्यार्थी संगठनका नेता सौभाग्य शर्मा, क्रान्तिकारीका कावा अध्यक्ष प्रविण सापकोटा, नेविसघ धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष दिनेश पन्त र स्ववियु सभापति मनिष थापाले हस्ताक्षर गरेका छन् ।
बैठकमा गएपनि क्रान्तिकारीका शर्माले नोटअफ डिसेन्ट लेखेका थिए भने नेविसंघका सचिव श्रीकृष्ण पौडेलले शुल्क बढाउने निर्णयमा सहभागि हुन नसक्ने भनी हस्ताक्षर पनि नगरी हिडेका थिए ।





