बागलुङ/ सत्ता गठबन्धनको तपण्र्mबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिएका राजु थापाका बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षमा उमेद्वारी दिएका डिल बहादुर कार्कीले थापाको बिरुद्धमा उजुरी दिएका हुन् ।
थापा बेल्जिएम/इटालीको ‘पिआर’ भएकाले उतैको नागरिक भएको उजुरीमा दावी गरिएको छ । नेपाली नागरिकता त्याग गरेको व्यक्ति उमेद्वार बन्न नसक्ने भन्दै कार्कीले उजुरी दिएका हुन् । थापाका बिरद्धमा परेको उजुरीको छानविन भैरहेको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले बताए ।
त्यस्तै, काठेखोला गाउँपालिका वडा नं. ३ मा सत्ता गठबन्धनको नेकपा एकिकृत समाजबादीको तर्फबाट महिला खुल्ला सदस्यमा उमेद्वारी दिएकी देउरुपा खड्काका बिरुद्ध पनि उजुरी परेको छ । खड्का सामुदायीक महिला स्वास्थ्य स्वयंसेविका हुन् ।
नेपाल सरकारको सुविधा उपभोग गर्नेगरी पदमा बहाली रहेकै अबस्थामा उमेद्वार बनेको भन्दै नेकपा एमालेका तर्फबाट उमेद्वार बनेकी टुल्कीदेवि शर्माले उजुरी दिएकी हुन् । खड्काले यो समाचार तयार गर्दासम्म पदबाट राजीनामा दिएकी छैनन् ।







