बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

औद्योगिक लोडसेडिङ र विद्युत विकास

औद्योगिक लोडसेडिङ र विद्युत विकास


  • Dhorpatan News
  • बैशाख १५ २०७९, बिहिबार

औद्योगिक करिडरमा पुनः लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय बजारमा देखिएको विद्युत आपूर्तिले नेपालमा असर गरेको जनाएको छ । रुस–युक्रेन युद्धका कारण भारतले पर्याप्त कोइला प्राप्त गर्न नसकेको र विद्युत उत्पादन घटेको असर नेपालमा परेको प्राधिकरणको भनाइ छ । नेपालको माग धान्न भारतबाट दैनिक ३ सय मेघावाट विद्युत आपूर्ति गर्नुपर्छ । पछिल्लो समय नेपालमा जलविद्युत आयोजनाहरु बन्ने क्रममा छन् । भारतसँग विद्युत व्यापार सम्झौता पनि भएको छ । यो सम्झौताले भारतमा विद्युत निकासी गर्ने सम्भावना बढेको छ । यो एउटा विषय हो तर हालको समस्या कसरी समाधान गर्ने भन्नेतर्फ नेपालले ध्यान पु¥याउनु जरुरी छ । भारतमा विद्युत उत्पादन कटौति हुँदा त्यसको प्रभाव नेपालमा पर्ने र आन्तरिक व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको छ । यसको मतलब नेपालम लोडसेडिङको सम्भावना बढेर गएको छ ।

औद्योगिक करिडरमा विद्युत आपूर्ति घट्नु भनेको उत्पादकत्व घट्नु हो । अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा पनि बृद्धि भएको छ । महंगोमा किनेको इन्धन औद्योगिक उत्पादनमा लगाउँदा त्यसले लागत बढाउँछ । एकातिर इन्धन किन्न डलर बाहिरिन्छ भने लागत बढ्दा मूल्य बढ्न पुग्छ । यसले ढलपलाएको अर्थतन्त्र अझै खतरामा पुग्नसक्ने सम्भावना रहन्छ । सम्भावित मूल्यबृद्धि रोक्नेतर्फ पनि सरकारको ध्यान जानुपर्छ । लोडसेडिङको प्रभाव चौतर्फी हुन्छ । उद्योगहरुले रातमा विद्युत नपाउँदा रोजगार कटौति हुने सम्भावना रहन्छ । त्यसतर्फ पनि सरकारले विचार पु¥याउनैपर्छ । मासुदेखि महीसम्म आयात गर्ने देशले इन्धन समस्या झेल्नु भनेको अझ संकटमा पर्नु हो भन्नेमा द्धिविधा छैन ।

अतः नेपालले तत्कालको समस्या टार्दै आन्तरिक रुपले विद्युत उत्पादन बढाउनेतर्फ जोड दिनुपर्छ । आयातमा निर्भर अर्थतन्त्र जुनसुकै बेला पनि डग्मगाउन सक्छ । आर्थिक बृद्धिदरको सपनालाई यसले असर पार्छ । सानो व्यवधानले ठूलो नोक्सानी निम्त्याउने खालको अर्थतन्त्रलाई सवल बनाउन फेरि पनि विद्युतमा आत्मनिर्भर हुनेतर्फ तीव्र गतिमा अगाडि बढ्नुपर्छ । विद्युत विकासमा थप लगानी भित्र्याउन र निकासीबाट डलर कमाउने योजना बुन्नुपर्छ । प्रशारण लाइनको अभावमा खेर गइरहेको बिजुली उपयोग र चुहावट नियन्त्रणतर्फ तत्काल प्रभाकाी कदम चालिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->