बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भकुण्डे घुम्ने भेगन समूहको चासो

भकुण्डे घुम्ने भेगन समूहको चासो


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७९, शुक्रबार

बागलुङ/जिल्लाका पर्यटकीय क्षेत्रको भ्रमणमा अमेरिकाका भेगन समूहले चासो देखाएका छन् । उनीहरुले सदरमुकाम बागलुङ बजारदेखि भकुण्डे, सिगाना र रेश सम्मको स्थानमा भ्रमण गर्न रुची देखाएका हुन् ।
बिहिबार पत्रकार सम्मेलन गरेर अभियानका सदस्यले अमेरिकी भेगन समूहले यसअघि पनि यो क्षेत्रको भ्रमण गरेकोले थप समूह आउन चाहेको बताए । दुइ बर्षअघि पनि भेगन समूहका सदस्यहरुले भकुण्डे भ्रमण गरेका थिए । पत्रकार सम्मेलनमा विश्व भेगन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेश शर्माले भेगन समूहको नियमित आँगमनले पर्यटन विकासमा योगदान पुग्ने बताए ।

पशुबाट उत्पादित मासु, दूध लगायतका खाना नखाने समूह भेगन समूह हो । उनीहरुले फलफूल तथा गेडागुडीको परिकार बढी रुचाउने गरेका छन् । उनीहरुले बागलुङदेखि भकुण्डेहुँदै रेश सम्मको यात्राका लागि ६ दिनको प्याकेज बनाउन लागेको शर्माले जानकारी दिए ।

कार्यक्रममा शर्मासहित पर्यटन व्यवसायी महादेव शर्मा र विश्व भेगन अर्गनाइजेसनका अध्यक्ष ज्याक लगायतले बोलेका थिए । उनीहरुले यो रुट आर्कषक मानेको बताए । यहाँबाट देखिने हिमाली दृश्य र पदयात्रा रमाइलो भएको बताए ।
हिमाली क्षेत्रमा भन्दा यो क्षेत्रमा घुम्दा समुदाय, मानव जीवनशैली र हिमाली दृश्याबलोकन समेत देख्न पाइने धारणा राखे । ‘हिमालमा जाँदा हिउँ मात्रै हो, यहाँ जीवनशैली देख्न पाइन्छ’ महादेव शर्माले भने, ‘अहिंसाका लागि पनि समाजमा प्रेरणा दिन मिलेको छ ।’ भेगन समूहका अनुसार एक केजी मासु बढाउन ७ केजीसम्म अन्न खर्चनु पर्दा विश्वमा भोकमरी लागेको हो । उक्त भोकमरी हटाउन भेगन समूह बन्नुपर्ने समेत उनीहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->