बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जडिबुटी तस्करीको आरोपमा एक महिला पक्राउ

जडिबुटी तस्करीको आरोपमा एक महिला पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७९, शनिबार

बागलुङ/ जडीबुटी तस्करीको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बहुमुल्य सुनाखरी जडिबुटी तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले प्युठानको स्वर्गद्वारी गाउँपालिकाकी एक महिलालाई बागलुङ र पर्वतको सिमाना मालढुंगाबाट पक्राउ गरेको हो ।

शनिबार बिहान २ बजेको समयमा दशवटा बोरामा २ सय ५० किलो सुनाखरी लिएर काठमाण्डौंतर्फ जाँदै गरेकी प्युठानको स्वर्गद्वारी गाउँपालिका वडा नम्बर ३ घर भएकी देवी केसीलाई सुनाखरीसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । मालढुंगामा संकास्पद अवस्थामा सुनाखरी राखिएका बोरासहित केसीलाई भेटेपछि प्रहरीले खानतलासी गरेको थियो ।

सोधपुछका क्रममा केसीले सुनाखरी काठमाण्डौंमा तस्करी गर्ने गरेको बताएकी रानाले बताए । खैरो रंगको सुनाखरी थप अनुसन्धान र प्रमाणित गर्नका लागि डिभिजन वन कार्यालय बागलुङमा पठाईएको छ । बहुमुल्य जडीबुटी तस्करीअन्र्तगत केसीलाई मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->