बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एकल चित्रकलाबाट उदाएका कलाकार

एकल चित्रकलाबाट उदाएका कलाकार

‘क्यानभास महंगो पर्ने भएकोले सुरुसुरुमा किनेर ल्याउन सकिन, पछि चित्रको मूल्य पाउन थालेपछि मात्रै ल्याउने गरेको छु’ उनले भने, ‘क्यानभासमा कोरेको चित्र दुईसय वर्ष सम्म टिक्छ ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७९, आइतबार

बागलुङ/दशवर्ष अघि बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा उनले पहिलो पटक एकल चित्रकला प्रर्दशनी गरे । महोत्सवमा आएका सयौं मानिसले उनको चित्र मन पराए । धेरै मानिसले किनेर लगे । कतिले प्रसंशायोग्य सुझाव लेखेर छाडे ।

त्यसपछि उनलाई चित्रकलाको व्यवसायिकरण गर्ने चाहना पलायो । बागलुङ नगरपालिका १३ पैयु“पाटाका ३४ वर्षीय सोवेन्द्र पौडेल अहिले चित्रको मात्र नभई चित्रकलामै जीवनको मूल्य खोज्न थालेका छन् ।

पुराणकालागि बनाएको शिवको चित्र उनको पहिलो कला थियो । कक्षा ५ मा पढ्दा देखाएको क्षमता सबैले प्रसंशा गरेपछि उनले कलाकारिता रोजे । तर, पैसा कमाउने विषय हो भन्ने कुरा भने महोत्सवमा बिक्री भएका चित्रपछि मात्र महसुस गरेका थिए । चित्रको मूल्य पाउने र प्रसंसा पनि बटुल्न पाएपछि उनले क्यानभासमा चित्र कोर्न थालेका छन् ।

उनी जिल्लाको सफल चित्रकारको रुपमा चिनिन थालेका छन् । घरमै बसेर चित्र कोर्ने गरेका सोबेन्द्र प्रदर्शनीपछि भने गाउ“ फर्केनन् । सदरमुकाममा सटर भाडामा लिएर निरन्तर खटिन थाले । अहिले पनि उनी दैनिक १५ घण्टा सम्म कलामा घोत्लिन्छन् । काममा खटिन्छन् । २०६१ सालमा स्टारलाइन कलमले राजा वीरेन्द्र र रानी ऐश्वर्यको चित्र कोरेपछि धेरैको माग आयो । चित्रको महत्व बुझेपनि उनले मूल्य पाएका थिएनन् । २ सय रुपैया“को फ्रेम ल्याएर चित्र सहित ५ सयमा बेच्थे । किन्नेले रमाइरमाई लैजान्थे ।

घरपरिवारले जागिरखान दवाव दिइरहेको थियो । कलामा डुबेकोले जागिर नखोजेका उनले दशकको मेहेनतपछि भने आफ्नै सीपको कमाइ गर्न थालेका छन् । अहिले त उनले एउटै चित्र कोरेर ५ हजार सम्म कमाउन सक्छन् । ‘यति महंगो चित्र हुन्छन् भन्ने थाहै थिएन, काम मात्रै गर्थे, कमाइ भएको थिएन,’ उनले भने, ‘कमाइ त अहिले पनि छैन, तर चित्रको मूल्य पाउन सकेको छु ।’ नेपाल आर्ट काउन्सिल र ग्यालरीमा पुगेर उनले चित्रको मूल्यस“गै चित्रकलामा जीवनकै महत्व बुझ्न पाएको बताए ।

त्यसोत उनले कलाकारिता पढ्ने चाहना राखेका थिए । नेपाल ललितकला क्याम्पसमा पुगेर पढ्ने चाहना पारिवारिक अवस्थाले दिएन । उनले बागलुङकै पैयु“पाटामा उच्च माबि र धौलागिरि बहुमुखी क्याम्पसमा स्नातक पढे । तर, पढाइ अर्कोतर्फको भएपनि उनको कलाको क्षमता भने मर्न पाएन । निरन्तर प्रयास गरेरै उनले कोरा कपडामा चित्र कोर्न थाले ।
‘क्यानभास महंगो पर्ने भएकोले सुरुसुरुमा किनेर ल्याउन सकिन, पछि चित्रको मूल्य पाउन थालेपछि मात्रै ल्याउने गरेको छु’ उनले भने, ‘क्यानभासमा कोरेको चित्र दुईसय वर्ष सम्म टिक्छ ।’ राणाप्रधानमन्त्रीहरुको चित्रसमेत अझै दुरुस्त रहेको भन्दै उनले संरक्षण गरेमा आफ्ना चित्रपनि सयौंवर्ष टिक्ने बताए ।

उनको चित्रकला यात्रामा अनौठा अनुभव छन् । जिउ“दो छउन्जेल कसैले पनि बाबुआमाको चित्र कोरिदिन भन्दैनन् । जब अभिभावक गुमाउ“छन्, त्यसपछि महंगो मूल्य तिरेर अभिभावकको चित्र कोर्न लगाउ“छन् । ‘धेरैजनाले मरेका बाबुआमाको फोटो ल्याएर क्यानभासमा कोर्न दिन्छन्,’ उनले भने, ‘त्यसैले धेरै रकम माग्न पनि सक्दिन ।’ उनले सानो फ्रेममा राखेर दिंदा बढीमा १० हजार सम्म लिने गरेको बताए ।

उनले प्रोटेट र ल्याण्ड स्केप दुवै चित्र कोर्ने गरेका छन् । ‘छोटो समयमा धेरै कमाउन ल्याण्डस्केप सजिलो छ, प्रोटेटमा धेरै मेहेनत पर्छ’ उनले भने, ‘मूल्यका हिसाबले ल्याण्डस्केपमा धेरै कमाउन सकिन्छ ।’ तर उनले अधिकांस प्रोटेट बनाउने गरेका छन् । एउटा प्रोटेट चित्र कोर्न १० दिन सम्म लागेको उनको अनुभव छ ।
उनले ऐतिहासिक पात्रहरुको पनि चित्र कोर्छन् । राजारानी, लक्ष्मीप्रसाद देवकोटा र भूपी शेरचन जस्ता कविको पनि चित्र कोरेका छन् । बीपी कोइराला र मनमोहनको चित्रपनि धेरैनै कोरे । ‘बीपीको चित्र कांग्रेसीले भन्दा कम्युनिष्टले धेरै किनेर लगेका छन्’ सोबेन्द्रले भने, ‘कम्युनिष्टको नेता भएपनि बीपीको चित्र लगेर सजाउने धेरै छन् ।’ छिटफुट कांग्रेसीले मनमोहनको चित्र लगेको उनले बताए । ‘चित्रमा जीवनको मूल्य खोज्नेले राजनीतिक र भूगोलको बार ताड्ने रहेछन्’ उनले भने, ‘चित्रकलाले मलाइ जीवनकै मूल्य सिकाएको छ ।’

अब उनलाइ ठूला चित्रमा पनि सोख जागेको छ । तर ती चित्र एउटैको डेढलाख देखि दुइ लाख सम्म पर्छन् । ग्रामीण क्षेत्रमा बसेर मेहेनतको कमाइ नहोला भनेर अगाडि बढ्न नसकेको उनले गुनासो गरे ।
‘काठमाण्डौमा भए एउटै चित्रको दुइतीनलाखमा खरिद गरिदिने भेटिन्छन्, यहा“ पाइदैन’ उनले भने, ‘तर केही चित्र भने कोरेरै छाड्छु ।’ कमाइ बढाउनकालागि उनले प्रिन्ट मेसिन पनि राख्ने चाहना राखेका छन् ।
पत्नी पुष्पाले उनको मेहेनतको सम्मान गर्दै व्यवसाय धान्न थालेकी छिन् । ‘क्यानभासमा डुब्दा मैले खाने मेसो पनि पाउ“दिन, त्यतिबेला पत्नि पुष्पाले पसल हेरिदिने गर्छिन्’ उनले भने, ‘चित्र कोर्दा हराएर दुईतीन दिन सम्म भात पनि खान बिर्सदा आमाले गाली गरेको अझै सम्झन्छु ।’ त्यो मेहेनतले अहिले आफ्नै क्षमतामा उभिने बनाएकोमा उनी खुसी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->