बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

समृद्व देशको जिम्मेवारी मतदाताको काँधमा

समृद्व देशको जिम्मेवारी मतदाताको काँधमा


  • Dhorpatan News
  • बैशाख २० २०७९, मंगलबार

आउँदो वैशाख ३० गते नेपाली जनताको भाग्य र भविश्यको फैसला गर्ने दिन । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारको नेतृत्व चयन गर्ने दिन आउन अब धेरै बाँकी छैन् । संघीयता पछिको दोस्रो स्थानीय तह निर्वाचनको संघारमा हामी छौं । यो निर्वाचनले अबको पाँच वर्षपछि टोल, गाउँ घर कस्तो हुने । हामीले हाम्रो गाउँशहर कस्तो बनाउने, चुनेका जनप्रतिनिधिले कस्तो काम गर्ने भन्ने कुराको निर्धारण गर्छ । नेपालको संबैधानिक व्यवस्थाअनुसार पाँच वर्षको बीचमा स्थानीय तहका जनप्रतिनिधिले काम नगरेमा वा गलत गरेमा अविश्वास गर्ने ठाउँ छैन् । संघीय र प्रदेश सरकारमा जस्तो नत विपक्षीको व्यवस्था छ न बीचैमा अविश्वासको प्रस्ताव ल्याएर परिवर्तन गर्न सकिने व्यवस्था छ । अहिले हामीले चुनेका जनप्रतिनिधिनै अबको पाँच वर्ष हाम्रो नजिकको सरकारको नेतृत्वमा हुने छन् ।

हामीले लामो समयदेखि निर्वाचनमार्फत जनप्रतिनिधि चुन्ने र हाम्रो समग्र विकासका लागि कानून निर्माण तथा विकासका काम गर्न पठाउने अभ्यास गरिरहेका छौं । तर निर्वाचनको समयमा दल विशेष र कुनै न कुनै उमेद्वारको पछि लागेर मत जाहेर गर्ने र निर्वाचनको भोलिपल्टदेखि नै तीनै जनप्रतिनिधिलाई लागि भन्ने परिपाटी हामीले विकास गरेको परिपाटी हो । लोकतान्त्रिक गणतन्त्रमा जनता सर्वोपरि हुन्छन् । जनताको मतले मात्रै शासक तयार हुने हो । शासक होईन सेवक तयार गर्ने परिपाटी हामीले बसाल्नु पर्छ । लामो समयदेखि हामीले गरेको अभ्यास अब परिवर्तन हुन जरुरी छ । अझै स्थानीय तहको निर्वाचनमा त अरु निर्वाचनभन्दा फरक र बुद्धिमत्ता निर्णय गर्न जरुरी छ ।

यसअघि हामीले गरिरहेको अभ्यासले चुनिएका जनप्रतिनिधिले हामीले चाहेको विकास गर्न सकेनन् । जनताका असिमिति आवश्यकता, सिमित स्रोत साधनभित्र पनि लुकेको स्वार्थका कारण अपबाद बाहेकका जनप्रतिनिधि जनताका सेवक हुन नसकेको तितो यथार्थ हाम्रो सामु छ । हामीले नै व्यक्ति र विचारको छनोटमा बुद्धिमत्ता निर्णय गर्न नसकेकै कारण हाम्रा सेवक आफ्नो र आफ्नाहरुको सेवामा लागेको यथार्थ नजरअन्दाज गर्न सकिँदैन् । वैशाख ३० गते हुने निर्वाचन हामीले निर्णय दिने अन्तिम घडी हो । वैशाख ३० गते हामीले गतिलो उमेद्वार छनोट गर्न सकेनौ भने पाँच वर्ष पछुताउनुको बिकल्प छैन् । त्यसैले जनताले आफ्नो नजिकको विकास गर्ने, दुःख सुखमा साथ दिने, जनताको सेवक, मिजासी र विकासप्रेमी उमेद्वारको छनोट गरेर मतदान गरौं । समृद्ध मुलुक निर्माणको अभिभारा सबैको काँधमा छ । त्यसैले निर्वाचनमा निराशा प्रकट गर्ने होईन । उत्साहका साथ मताधिकारको प्रयोग र सहि व्यक्ति छनोटमा सबै लाग्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->