बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आचारसंहिता ख्याल गरौं

आचारसंहिता ख्याल गरौं


  • Dhorpatan News
  • बैशाख २० २०७९, मंगलबार

स्थानीय तहको निर्वाचन नेपालीको घर आगनम आएको छ । ५ बर्षपछि जनताले फेरी आफ्नो स्थानीय सरकारको प्रतिनिधि चयन गर्न पाउने अबसर जुटेको छ । यो अबसरमा जनताले ५ बर्षको कामको समीक्षा गर्ने, आफ्नो क्षेत्रको बिकासका आधार खोज्ने र योजना अनुसारका पात्रहरु रोज्न पाउने अबसर पनि हो ।

स्थानीय निर्वाचन खासमा संसदीय निर्वाचन जस्तो होइन । यो बेला आफ्नो टोल, बस्ती र वडा तहका योजना पुरा गर्ने, त्यसकालागि स्थानीय सरकारमा मात्र नभइ केन्द्रीय तह सम्मका साधन श्रोतमा पहुच राख्ने र योग्य उमेदवार छान्ने अबसर पनि हो । राजनीतिक गतिविधि एउटा बिषय हो तर सही पात्र छनौट गरेर सुशासन, समानुपातिक बिकास र समृद्धिका आधार खोज्ने अबसरको रुपमा पनि स्थानीय निर्वाचनलाई लिनुपर्छ ।

यो बेला जनताले कुनै भ्रममा नपरी वास्तविकता बुझ्न जरुरी छ । किनकी राजनीतिक नाराले मात्र समुदायको बिकास नहुन सक्छ । तर राजनीतिको बिकल्प अन्य क्षेत्र हुदैन । त्यसो भन्दैमा अराजनीतिक उमेदवार छनौट पनि उचित होइन । बरु राजनीति भित्रै उचित पात्र, प्रवृत्ति र अबसर खोज्ने हो । एकपटक योग्य उमेदवार छनौट गर्न नसक्दा ५ बर्ष जनताले पछुताउनुपर्छ । तर त्यसो भन्दैमा कतिपय मापदण्ड र अबस्था ख्याल गर्न जरुरी छ । निर्वाचन आयोगले जारी गरेका आचारसंहिता देखि अन्य बिषयमा गम्भिर बन्न सकिएन भने भोली आउने परिणामपनि घातक हुन सक्छ । पैसा, पद र तडकभडकको प्रलोभनमा परेर जनताले स्वच्छ मत खसाल्ने काममा कन्ज्युस्यांइ गर्नु हुँदैन । किनकी आचार संहिता भनेको कोही नेताले लाखौं रकम खर्चनु मात्र होइन, आर्थिक प्रलोभनमा परेर निर्णयमा पुग्नबाट वञ्चित हुनुपनि आचारसंहिता बिपरित हो । किनकी आग्रह, पूर्वाग्रहमा गरिएको निर्णयले पछुताउनुपर्छ ।

पैसा र बलमिच्याई, पदीय म¥र्यादा बिर्सेर गरिने प्रचार प्रसार तथा डरत्रास देखाएर मागिने मतले जनताको हित गर्दैन । मत किनेको हो भने किनिएको मत पाएर जितेको उमेदवारले भोली बिकास गरेन भनेर औला ठड्याउने अबस्था पनि आउँदैन । नेताले समेत भोलीको अन्तिम घडी सम्म जनताप्रति इमान्दार बनेर काम गरिदिने अबस्था आउँदैन । किनकी जनउत्तरदायी प्रतिनिधि भनेको अहिले देखिनै जनताको मन जितेर पाएको अभिमत हो । हरेक काम गर्दा त्यस्ता जनप्रतिनिधिले आत्मासाछी राखेर काम गर्छन् । उनीहरुले कहिले पनि जनमतको अनादर गर्न सक्दैनन् । अहिले देखिनै जनता पद, प्रतिष्ठा र पैसामा बिक्ने अबस्था आयो भने निर्वाचन जितेपछि उनीहरुले केही हेरिदिनुपर्ने छैन । बरु उनीहरुले भोलीका दिनमा गर्ने पदीय दुरुपयोग, भ्रष्टाचार, अनियमितता लगायतका काममा हामीले टुलुटुलु हेर्ने काम मात्र हुन्छ । भोलीका दिनमा औला ठड्याउने अबस्था ल्याउन आजै बिचार गर्नुपर्छ ।

आचार संहिता भनेको कोही नेताले ठूलो झण्डा हल्लायो, गाडि चढ्यो भन्ने मात्र हैन, हरेक नागरिक पनि अब सभ्य भएर बस्नुपर्छ । संचार माध्यम र संचारकर्मीले पनि पेशागत म¥र्यादा पालना गर्नुपर्छ । अनिमात्र निर्वाचनको स्वच्छता कायम हुन्छ । यो आम नागरिक समेतको मनन् योग्य कुरा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->