बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चुनाव : स्वस्थ ध्रुवीकरण होस्

चुनाव : स्वस्थ ध्रुवीकरण होस्


  • Dhorpatan News
  • बैशाख २२ २०७९, बिहिबार

चुनावले समाजलाई ध्रुवीकृत बनाउँछ । अमेरिका र युरोपजस्ता देशमा पनि चुनावमा समाजले एउटा कित्ता रोज्छ । यो स्वभाविक प्रक्रिया हो । आफूले रोजेको व्यक्ति वा राजनीतिक समहूलाई मतदान गर्नु, उसको पक्षमा माहोल सिर्जजना गर्नुलाई अन्यथा मान्नु हुँदैन । शान्तिपूर्ण र वैचारिक हिसाबको ध्रुवीकरणलाई मात्रै सही मान्न सकिन्छ । विभिन्न हथकण्डा अपनाएर समाजलाई विभाजित गर्न मिल्दैन । असहिष्णु समूहलाई मलजल गर्नु भनेको समाजमा द्वन्द्वको बीऊ रोप्नु हो । त्यसले समस्याबाहेक केही निम्त्याउँदैन । यस्तो प्रवृत्तिलाई प्रोत्साहित गर्नु हुँदैन र गर्न खोज्नेहरुलाई निरुत्साहित गरिनुपर्छ । निर्वाचन आचारसंहिता त्यही प्रयोजनको लागि बनेको हो । आचारसंहिताले राजनीतिक दल र व्यक्तिलाई पनि बाँधेको छ । गलत प्रवृत्तिलाई निरुत्साहित गरेको छ । आचारसंहिता पालना हुने हो भने समाजलाई ध्रुवीकृत बनाउन खोज्ने तत्वहरु पराजीत हुन्छन् ।

तर,चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरुले नै वैचारिक रुपले नभएर विभिन्न कोणबाट समाजलाई ध्रुवीकृत बनाउने सम्भावना बढेर गएको छ । जुन कुरा कानूनले बर्जित गरेको छ, त्यही कुरालाई उनीहरुले प्रोत्साहित गरेको देखिएको छ । धर्म, वर्ण,जात र लिङ्गका विषयहरु उठान गरेर समाज भाँड्न पाइँदैन । यसले निम्त्याउने दुष्परिणाम खतरनाक हुन्छ । गलत विचारबाट जन्मेको आगो निभाउन त्यत्तिकै शक्ति चाहिन्छ । विगतका केही घटनाक्रमले यो पुष्टि भइसकेको हो । चुनावको बेला भय सिर्जना गर्न आपराधिक पृृष्ठभूमिका मान्छेहरुलाई प्रयोग गर्नु र समाजलाई विभाजित गर्दै आफ्नो फाइदा लिन खोज्नेहरुसँग बेलैमा सचेत हुनुपर्ने देखिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सामाजिक सद्भाव भड्काउने,आगो लगाएर त्यसको राप ताप्न खोज्नेहरु समाजका दुस्मन हुन् । उनीहरु स्वच्छ निर्वाचन चाहँदैनन् । आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको राजनीतिक धर्म, जात र सिद्धान्त हुँदैन । उनीहरुको प्रयोगबाट समाज विभाजित बनाउने काम राजनीतिक दलहरुबाट हुनुहुँदैन । वैचारिक रुपले चुनानको बेला हुने मतभेदलाई चीरस्थायी नबनाउने तर्फ पनि राजनीतिक दलहरुले विचार पु¥याउनुपर्छ । समाज सप्तरंगी छ र यहाँ हरेक विचारधाराका व्यक्तिहरु रहन्छन् भन्ने कार्यकर्ताले मनन गर्नुपर्छ । ध्रुवीकरण गराउने शैली पाच्य हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->