बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङबाटै लाइसेन्स कहिले पाईन्छ ?

बागलुङबाटै लाइसेन्स कहिले पाईन्छ ?

दुई वर्षको बीचमा एक पटक खुलेको अनलाइन फार्म भरेकाहरुको परीक्षा लिन भदौसम्मको तालिका छ । अनलिमिटेड फाराम भर्दा यस्तो समस्या भएको हो, अब नयाँ व्यवस्थापनसहित चुनावपछि फाराम खुल्छ ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७९, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिका, ३ भलाटाकुराका सुमन किसानले सवारी चलाउने सीप सिकेको दुई वर्ष भयो । तर, उनको हातमा अहिले सीप छ, सीपको प्रयोग गर्ने अधिकार छैन । उनलाई आफ्नो हातमा भएको सीप प्रयोग गर्न सवारी चालक अनुमति पत्र (लाइसेन्स) चाहिन्छ । त्यसका लागि उनले परीक्षानै दिन पाएका छैनन् ।

महंगो शुल्क तिरेर ‘ड्राइभिङ इन्स्टिच्युट’मा सवारी चलाउन सिकेका सुमन आफ्नो मेहनत खेर जाने हो की भन्ने चिन्तामा छन् । बागलुङमा चार पांग्रे सवारी साधनको लागि सवारी चालक अनुमति पत्रको परीक्षा नभएको दश वर्ष भयो । पोखरा, काठमाडौं, बुटवल लगाएका सहरमा जाँदा एकै पटकमा लाइसेन्स बन्दैन् । धेरै पटक धाउँदा खर्च धान्नै कठिन हुने सुमनको गुनासो छ । त्यसैले सुमनले आफूले चिने जानेका र गाउँघरमा पुग्ने जो कोहीसँग सोधी खोजी गर्छन, ‘सवारी चालक अनुमति पत्रका लागि परिक्षा कहिले हुन्छ ? प्रयोगात्मक कहिले हुन्छ ?

सुमन जस्तै धेरै युवा पुस्ताको समस्या हो यो । स्वदेशमा होस् वा बिदेशमा रोजगारीका लागि आव्हान भएका विज्ञापनहरुमा सवारी चालक अनुमति पत्र अनिवार्य गरिएको हुन्छ । तर सिप सिकेर पनि लामो समय यातायात व्यवस्था विभागले परिक्षाको प्रबन्ध गर्न नसक्दा युवाहरु समस्यामा छन् ।

‘यातायात व्यवस्था कार्यालय बागलुङ लामो समय भयो लाईसेन्सको फार्म नखुलाएको,’ उनले भने, ‘अव त सिकेको पनि भुल्ने बेला भइसक्यो किन यस्तो भयो कस्ले खोज्ने होला ।’ आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेकाहरु घर दैलोमा मत माग्न पुग्दासमेत सुमनले यो प्रश्न गर्न छुटाउँदैनन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार २०६९ सालमा नयाँ मापदण्ड लागु भएयता बागलुङबाट दुई पाङ्ग्रे सवारी बाहेकको सवारी चालक अनुमति पत्र जारी भएको छैन् । कोरोना महामारीको समयमा रोकिएको दुइपांग्रे सवारीको चालक अनुमति पत्रको परीक्षा समेत नियमित हुन नसक्दा सर्वसाधारण मर्कामा छन् ।

‘दुई वर्षको बीचमा एक पटक खुलेको अनलाइन फार्म भरेकाहरुको परीक्षा लिन भदौसम्मको तालिका छ,’ यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले भने, ‘अनलिमिटेड फाराम भर्दा यस्तो समस्या भएको हो, अब नयाँ व्यवस्थापनसहित चुनावपछि फाराम खुल्छ ।’

चार पांग्रे सवारीका लागि भने प्रयोगात्मक परीक्षा लिने मापदण्ड पुगेको संरचनानै बागलुङमा छैन । पटक पटक सरोकारवालाका बीचमा मापदण्ड पुग्ने मैदानको खोजीका बिषयमा छलफल भएको भएपनि समस्या नसुल्झेको थापा बताउँछन् ।

‘अहिले एक दुई ठाउँबाट प्रस्ताव लिएर आउनुभएको छ, हामिले भाडामै लिएर भएपनि मैदान तयार गरौं भनेर लागेका छौं,’ थापाले भने, ‘१६ रोपनी बढी जग्गा एकै ठाउँमा चाहिन्छ, कार्यालयसँग जग्गा छैन ।’ बागलुङ मानै प्रयोगात्मक परीक्षा हुँदा यातायात व्यवसायसँग सम्बन्धि सीप सिक्ने युवाहरुको संख्या वृद्धि हुने स्थानीयको भनाइ छ ।

‘लाइ सेन्स हुँदा सानोतिनो काम पाइन्छ, तर मसँगैका कयौं साथीहरु काम सिकेर पनि लाइसेन्स नभएकाले बेरोजगार छन्,’ जैमिनी नगरपालिका ६ का सवारी चालक दीपक नेपालीले भने, ‘मैले पनि मकवानपुर पुगेर लामो समय र पैसा खर्चेर लाइसेन्स लिएको हो ।’ साना तथा ठूला सवारीमा स्वरोजगार बन्नेगरी युवा पुस्ताको आकर्षण भएपनि लाइसेन्स लिनकै लागि खर्चहुने धनराशी र समयका कारण युवा पुस्ता निराश छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->