बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्वागत र बिदाइमा सौहार्दता

स्वागत र बिदाइमा सौहार्दता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार
?

बागलुङ/बागलुङ नगरपालिकाले शुक्रवार जनप्रतिनिधिको स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ । निर्वाचित पदाधिकारी, वडा अध्यक्ष र सदस्यलाई स्वागत तथा कार्यकाल सकेका जनप्रतिनिधिलाई बिदाइ गरिएको थियो ।
उक्त कार्यक्रममा निर्वाचित बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठले संस्थापक नगरप्रमुख ऋषिराम शर्माले देखेका सपना पुरा गर्ने लक्ष राखेको बताए । उनले निर्वतमान प्रमुख जनक पौडेलको कामलाई निरन्तरता दिंदै पुरा गर्ने देखि नगरका जनताको मुहारमा खुसी ल्याउने काम गर्ने बताए । ‘नगरपालिकामा छिर्ने प्रत्येक नागरिकले सम्मान पाउनु पर्छ, उनीहरुले गुनासो गर्ने अबस्था आउन दिंदैनौं’ श्रेष्ठले भने, ‘सुशासनको प्रत्याभूति हाम्रो पहिलो काम हुनेछ ।’ आर्थिक प्रलोभनमा नपरी काम गर्दा सफल भइने उनको भनाइ थियो ।

निर्वतमान प्रमुख जनक पौडेलले संघियताले दिएको जनताको नजिकको सरकार भएकोले जनताको सुखदुःखमा काम गर्नुपर्ने सुझाव दिए । पहिलो पटक भएकोले कानून बनाउन समेत धेरै समय लागेको उनले बताए । अब भने काममा आगाडि बढ्न सहज हुने भन्दै श्रेष्ठको कार्यकालमा नगर अझै बिकसित बन्ने बताए । उनले कतिपय योजनाको थालनी भएकोले पुरा गर्न पहल गर्नुपर्ने पनि सुझाए । कार्यक्रममा निर्वतमान कार्यपालिका सदस्यलाईपनि बिदाइ गरिएको थियो ।

यसैबीच जैमिनी नगरपालिका सहित धेरै जसो नगरपालिका तथा गाउँपालिकामा पनि शुक्रवार पदस्थापन गरिएको छ । पालिकाकै आयोजनामा कार्यक्रम सम्पन्न गरिएका थिए । पदबहाली भएका जनप्रतिनिधिले जनताको हितमा काम गर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->