बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जैमिनीको पहिलो निर्णय : नागरिक सहायता कक्ष

जैमिनीको पहिलो निर्णय : नागरिक सहायता कक्ष


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाले सेवा प्रवाहमा सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख नरबहादुर पुनले शुक्रबार पदबहाली गर्दै तत्काल नागरिक सहायता कक्ष निर्माण गर्ने बताए ।

नगरले प्रबाह गर्ने सेवामा नागरिकले सास्ती खेप्नुपरेको भन्दै नगरप्रमुख पुनले सहज सेवा प्रवाहका लागि सहायता कक्ष निर्माण गर्ने पहिलो निर्णय गरेको बताए । नगरभित्रै बन्ने नागरिक सहायता कक्षबाट सर्वसाधारणलाई काम गर्न सहयोग पुग्ने उनले बताए । जैमिनीले योजनाको अनुगमनलाई चुस्त बनाउने निर्णय समेत गरेको छ ।

हालम्म भए गरेका कामको निरीक्षण मात्रै गरेर सिफारीस गर्ने काम भैरहेको भन्दै योजनाको प्रभाव, वातावरण र जमिनमा पर्ने असर, योजनाका कारण सिर्जना भएको रोजगारी र त्यसको उपयोगिता लगायतका बिषयमा समेत अनुगमन प्रतिवेदन तयार गर्ने निर्णय भएको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शुक्रबार बिहानै नगर प्रमुख पुन र उपप्रमुख शर्माले पदबहाली गरेका थिए । पदबहालीसँगै आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट बनाउने काम सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->