बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दुई किलो गाँजासहित एक पुरुष पक्राउ

दुई किलो गाँजासहित एक पुरुष पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७९, सोमबार

बागलुङ/ बागलुङमा दुई किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । ताराखोला गाउँपालिका– ५ का ५० बर्षिय गिरी प्रसाद पुनलाई प्रहरीले दुई किलो गाँजाको धुलो सहित पक्राउ गरेको हो ।
पुनले लागुऔषध गाँजाको कारोवार गर्ने गरेको सूचनाको आधारमा सोमबार बिहान घरमा खानतलासी गरेको प्रहरीले उनलाई घरबाटै गाँजासहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पुनको साथबाट गाँजा धुलो बनाउनका लागि प्रयोगहुने दुई वटा फलामको मेसिन समेत बरामद भएको रानाले बताए । उनलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->