बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कर्मा फ्लाइट्स फाउण्डेसनद्वारा ल्याब स्थापना

कर्मा फ्लाइट्स फाउण्डेसनद्वारा ल्याब स्थापना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७९, मंगलबार

बागलुङ/कर्म फ्लाईट्स फाउण्डेसन नेपालले बागलुङ र गोरखाका बिद्यालयमा आधुनिक कम्प्युटर ल्याब निर्माण गरिदिएको छ । पोखरामा कार्यालय रहेको संस्थाले बागलुङको निसीखोलाका दुई र गोरखाका दुुई गरी चार बिद्यालयमा ल्याब बनाएको हो ।

निसीखोला गाउँपालिका–२ को जनकल्याण माबि र वडा नंं. ६ को तिलाचन माबिमा १७ लाखको दरले संस्थाले सहयोग गरेको हो । ती बिद्यालयमा निसीखोला गाउँपालिकाले ८ लाखको दरले सहयोग थप गरेपछि २० वटाको दरले कम्प्युटर जडान भएको हो । यो कामबाट ४ बिद्यालयका १ हजार ३ सय बालबालिका कम्प्युटर शिक्षाको पहुँचमा जोडिएको संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
फाउण्डेसको काममा पोखरास्थित एडटेक नेपालले यो अभियानमा सहकार्य गरेको छ । निसीखोलामा गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती सहित अन्य जनप्रतिनिधि र संस्थाका प्रतिनिधिले संयुक्त रुपमा ल्याब उद्घाटन गरेका थिए । उक्त अबसरमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान पनिगरिएको थियो ।

यसअघि संस्थाले बडिगाडमा पनि ल्याब स्थापना गराएको छ । बडिगाड गाउँपालिका–४ को बुद्ध माबि खालमा निर्मित ल्याब पनि उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले ल्याब स्थापना गर्दै सबै बालबालिकाको शिक्षाको अधिकार पुरा गर्ने काममा संस्था सहयोगी बनेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->