बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनबाट ५ दलिय गठवन्धनका उमेदवारहरु बिजयी भएका छन् ।
मंगलबार कार्यपालिका सदस्यका लागि भएको निर्वाचनबाट नेकपा एमालेका उमेदवारहरुलाई पराजित गर्दै गठवन्धनका उमेदवारहरु बिजयी भएका हुन् ।
८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँच जना सर्वसम्मत र तीन जना सदस्य निर्वाचित भएका हुन् । महिला सदस्यमा गठबन्धनका पाँचै जना उमेद्वार सर्वसम्मत चयन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
महिला सदस्यमा नेपाली कांग्रेसकी गीता कुमारी बिक, भगवती शर्मा सापकोटा, नेकपा माओबादी केन्द्रकी शान्ति सुनुवार र दुर्गादेवी पाध्या तथा राष्ट्रिय जनमोर्चाका शान्तकला शर्मा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै दलित अल्पसंख्यक तर्फ भएको मतदानमा गठवन्धनकै तीन जना सदस्य निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजबादीका भरत बिक, नेकपा माओबादी केन्द्रका लाल बहादुर परियार र नेपाली कांग्रेसका चिन्तामणी दर्जी निर्वाचित भए । उनीहरुले समान ४८/४८ मत ल्याउँदा नेकपा एमालेको तर्फबाट उमेद्वार बनेका डम्मर बहादुर सार्की, बिर बहादुर सार्की र बिष्णुराज बिकले समान २/२ मत प्राप्त गरे ।





