बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बजारको सुरक्षाका लागि ८५ वटा सिसिक्यामेरा जोडिने

बजारको सुरक्षाका लागि ८५ वटा सिसिक्यामेरा जोडिने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७९, बुधबार

बागलुङ/ बागलुङ बजारभित्र सिसि क्यामेरा ब्यवस्थापन गर्ने काम पुनः सुरु हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग बाणिज्य संघ बागलुङ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा क्यामेरा जडान गर्ने प्रकृया अघि बढेको हो ।

बागलुङ बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकहरुमा पुनः सिसी क्यामेरा जडान गर्ने प्रकृया अघी बढेको बागलुङ उद्योग बािणज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । यसअघि बागलुङ बजारमा जडान भएका २९ वटा सिसिक्यामेरा प्रयोगबिहिन अबस्थामा छन् ।
आवश्यक मर्मत सम्भारको अभावमा तीन बर्ष यता प्रयोगबिहिन भएका क्यामेरा बिस्थापन गरेर नयाँ क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेको छ । बागलुङ उद्योग बाणिज्य संघको ८ लाख रुपैयाँ र बाँकी अपुग रकम व्यवसायीसँगबाट सहयोग संकलन गरेर भएपनि बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने काम सुरु गरिने अध्यक्ष राजभण्डारीले बताए । सिसिक्यामेरा जडान र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्नका लागि ३० लाख रुपैयाँ लाग्ने अनुमानित स्टमेट छ ।

‘नवनिर्वाचित मेयरले नपुगेको रकम दिने भन्नुभएको छ, हामीले २ सय वटा क्यामेरासम्म धान्न सक्ने सिस्टम राख्दैछौं’ अध्यक्ष राजभण्डारी भन्छन् ‘नाइट भिजनसमेत दिने क्यामेरा जडान गर्नुपर्ने छ, तब मात्रै अपराध र चोरी नियन्त्रणका लागि सहयोगी बन्छ ।’

बागलुङ बजारमा बागलुङ नगरपालिकाका वर्तमान नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष रहेका बेला सिसिक्यामेरा जडान गरिएको थियो । बढ्दो शहरीकरणसंगै समाजमा अपराध तथा चोरीका घटना बढ्दै गएको समयमा नगरलाई सुरक्षित बनाउन बजारका बिभिन्न चोकहरुमा ८५ वटा क्यामेरा जडान गर्ने योजना रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय बागलुङमा कन्ट्रोल रुम राखेर निगरानी गरिने छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरु स्थानान्त्रण गर्ने क्रममा बिग्रिएका र निकालिएका क्यामेरा पुनः जडान हुन नसक्दा बागलुङ बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । सिसिक्यामेराले बजार क्षेत्रमा हुने चोरी र अपराधका घटना अनुसन्धानमा सहयोगी बन्ने प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए । बजारक्षेत्र बिस्तार भैरहेको बागलुङ नगरपालिका–४ को उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा क्यामेरा जडान गर्ने योजना छ ।

क्यामेरा जडानका लागि काम सुरु गर्न उद्योग बािणज्य संघ बागलुङले यहाँका केवल टिभी व्यवसायीसँग संवाद भैरहेको जनाएको छ । सबै पक्षको सहयोग र समन्वयमा सिसिक्यामेरा जडानको काम हुने नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बताउँछन् । बागलुङ बजारलाई सुरक्षित बजार बनाउनका लागि सिसिक्यामेरा तत्काल आवश्यक रहेको यहाँका सुनचाँदी व्यवसायी अनिश खातीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->