बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढुक्कले अझै खानेपानी पाइँदैन

ढुक्कले अझै खानेपानी पाइँदैन

लाकुरीबोट, धारापानी, पैञ्युपाटा, भान्साको छाप लगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घर घरमा पानी पु¥याउन समस्या रहेको वडाध्यक्ष रुद्र बहादुर कसीले बताए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७९, बिहिबार

बागलुङ/बागलुङ नगरपालिका वडा न. ६ का झण्डै एक दर्जन गाउँका बासीन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै ६ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका वडा न. ७ मा रहेको तितौरे गाउँको पानी बर्षौं लगाएर यहाँ ल्याईएको हो ।

अहिलेभन्दा २१ बर्ष पहिले सुरु भएको पानी ल्याउने काम केही बर्षमा पुरा भएपछि गाउँमा पानी त आयो तर हिउँद बर्खा दुवै सिजनमा ढुक्कले गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन् । लामो दुरीमा पाईपलाईन भएकाले बर्षामा बाढी पहिरोको शिकार हुने र हिउँदमा मुहान सुक्ने र पानी कम हुने समस्याले सर्वसाधारण समस्यामा छन् ।

असारदेखि फागुनसम्म चाहिने जति पानी पाउने गरेका यहाँका सर्वसाधारणलाई फागुन, चैत र वैशाखमा पर्ने खडेरीले निकै पिरोल्छ । चैत वैशाख र जेठमा वर्षा हुँदा गाउँमा खुसीयाली छाउँछ । ‘आकाशको पानी आउँदा मुहान सर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन्, नत्र पानी सुकेर धारा हुन्छ पानी हुँदैन’ बागलुङ नगरपालिका–६ का मान बहादुर केसीले भने ‘पहिलाभन्दा घरहरु पनि बढेका छन्, पानी धेरै चाहिन्छ तर आउने पानी कम हुन्छ ।’ बर्षा हुँदा खानेपानीको समस्या कम हुने भएकाले गाउँले सबै खुसी हुने गरेका छन् ।

यो वडा बागलुङ नगरपालिकाको केन्द्र बागलुङ बजारदेखि नजिकै उत्तर क्षेत्रमा पर्छ । यहाँ नजिकमा पानीका मुहान निकै कम भएकाले खानेपानीको अधिकांश गाउँमा समस्या थियो । २०५८ सालमा ६ किलोमिटर टाढा तितौरेबाट पानी ल्याउने काम सुरु भएको भएपनि २०६४ सालमा गाउँमा पानी आएको केसी सम्झन्छन् ।

‘ट्याङ्कीमा जम्मा गरेर घर घरमा पुगेका पाईपमा पानी बाँढेर काम चलाईएको छ, धारा बनाउन र पानी व्यवस्थित गर्न अझै बाँकी छ’ केसीले भने ‘यसअघि वडाले पहिला पानी नभएका ठाउँमा काम गर्यो, जसोतसो चलेकै थियौं, अब व्यवस्थित होस् भन्ने लागेको छ ।’ २१ वर्ष पहिले जडान भएको पानी ल्याउने पाईप सानो भएको र मुहान थप गरेर भएपनि बाह्रै महिना २४ सै घण्टा पानी आउने वातावरण हुनुपर्ने केसी जस्तै वडाबासीको माग छ । यो मुहानको पानी यहाँका ४ सय घरपरिवारले प्रयोग गर्ने गरेका छन् ।

बागलुङ नगरपालिका वडा नं. ६ का २ सय ५० परिवारमा अझै पनि खानेपानीको समस्या छ । लाकुरीबोट, धारापानी, पैञ्युपाटा, भान्साको छाप लगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घर घरमा पानी पु¥याउन समस्या रहेको वडाध्यक्ष रुद्र बहादुर कसीले बताए । सर्वसाधारण पुराना पँधेरा र कुवाको भरमा खानेपानीको जोहो गर्ने गरेका छन् । ती पँधेरा र कुवासमेत सुख्खा समयमा सुक्ने भएकाले लिफ्टिीङ प्रबिधिबाट त्यहाँ पानी पु¥याउने योजना रहेको उनले सुनाए ।

‘बर्खाको समयमा खासै पानीको समस्या हुँदैन्, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ’ केसीले भने ‘सुख्खा समयमा पनि एक दुईपटक बर्षा हुँदा मुहान सर्सिन्छन् र त जनताका घाँटी भिजेका छन् ।’ पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले अझै पनि खानेपानीको समस्या झेल्नुपरेको स्थानीय युवा दिपक सापकोटा बताउँछन् ।

सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भएपनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन् । ‘मौरीभीरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन्’ सापकोटाले भने ‘घरघरै धारा बनाउन त पानीको मुहान चाहियो नि !’

वडा नं. ६ को भीरलाङ्कुरी, लंगाउँ, तिनतले लगायतका ठाउँमा लिफ्टििङ प्रबिधिबाट पानी पु¥याईने र बाँकी गाउँहरुमा समेत उपयुक्त मुहानको खोजी गरेर खानेपानी आयोजना सञ्चालन गरिने वडाध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->