बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काम नसक्दै किन बन्यो लोकमार्ग जीर्ण ?

काम नसक्दै किन बन्यो लोकमार्ग जीर्ण ?


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७९, बिहिबार
फाईल तस्विर

बागलुङ/  सरकारले आगामी आर्थिक बर्षको बजेटमा ९ अर्व रकम बिनियोजन गरेको मध्यपहाडी लोकमार्गकै सडक खण्डमा काम सन्तोषजनक नभएको आयोजनाले ठहर गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण कम्पनीले कालोपत्रे सम्पन्न नगर्दै भत्किएकोले सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । आयोजनाको कार्यालय पर्वतले विज्ञप्तीमार्पmत ठेकेदारको ध्यानाकर्षण गरेको हो ।
निर्माण कम्पनीले कालोपत्रे गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्रे नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै आयोजना कार्यालयले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको हो । कार्यालयले निर्माण व्यवसायीका नाममा बुधबार एक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयमा आएर लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । मध्यपहाडी लोकमार्गमा काम सन्तोषजनक नभएपछि निर्माणको जिम्मा पाएको स्वच्छन्द–शंकरमाली जेभीलाई स्पष्टीकरण सोधिएको हो ।

हटिया–बुर्तिवाङ खण्ड निर्माणको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो । स्वच्छन्द–शंकरमाली जेभीका आधिकारिक प्रतिनिधि हेमराज गुभाजुका नाममा आयोजनाले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना जारी गरिएको छ । कालोपत्रे भएको सडक खाल्डा परेको, फिनिसिङ नगरेको र सम्झौताअनुसारको पूर्वाधार नबनाएको तथा पटक–पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

त्यसो त बागलुङ घोडाबाधे खण्डमा पनि पटक पटक म्याद थप्दा सडक बनेको छैन । हरेक बर्षात्मा स्थानीयले सास्ती खेपेका छन् । केही समयअघि केही काम गरेर देखाएपनि पुरा नभएकोले सबैले चासो राख्नुपर्ने स्थानीयको मत छ । यो खण्डमा पनि असार मसान्तमा कालोपत्रे गर्ने भनेपनि आधा बढी काम बाँकी छ । ठेक्का सम्झौता अनुसार काम भएको भए चार बर्षअघिनै यो काम हुनुपथ्र्यो । घोडाबाधेदेखि हटिया सम्मको सडकपनि जीर्ण छ । अधिकांस घुम्तीहरुमा पहिरो खसेर जोखिम बनेको छ । त्यस्तै साँघुरो सडक र भत्केकोले सडकमा यात्रा गर्न कठिन छ ।

स्पष्टीकरणमा सात दिनभित्र निर्माण कम्पनी कार्यालयमा आएर उचित जवाफ नदिए प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तबमोजिम कारबाही प्रक्रिया अघि बढाउने पनि आयोजनाले चेतावनी दिएको छ । ठेक्काअन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय बितिसक्दा हुँदा पनि कार्यप्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द–शंकरमाली जेभीलाई टक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो ।

कार्यालयले केही खण्डमा कामै गरेको छैन । मालढुंगादेखि उपल्लाचौर सम्मको झण्डै ७ किमी सडकखण्ड कस्तो प्रकारको हुने भन्ने यकिन छैन । झण्डै ७ बर्षअघि स्थानीयले विरोध गरेपछि लोकमार्गको ट्रयाक खोल्ने बिषयनै गौण बनेको छ । रामरेखामा घरहरु मापण्दण्डभित्र पर्ने भएपछि बिरोध भएको र त्यसपछि काम रोकिएको थियो । हाल लामो दुरीका सवारी साधन रामरेखा भएर यात्रा गर्छन् तर सडक साँघुरो र खाल्डैखाल्डा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->