बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

किसन क्षेत्री : पहिला सहयोगी, अहिले अध्यक्ष

किसन क्षेत्री : पहिला सहयोगी, अहिले अध्यक्ष


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७९, आइतबार

बागलुङ/बैसाख १५ गतेसम्म उनी वडाको कार्यालय सहयोगीकै रुपमा चिनिन्थे । वडा अध्यक्षले लगाएको काम गर्थे । इमान्दार सहयोगीको रुपमा धेरैले चिनेका थिए ।

तर अहिले उनको परिचय फेरिएको छ । उनी अब बरेङ गाउँपालिका–४ का अध्यक्ष हुन् । गत बैसाख ३० गतेको निर्वाचनमा उनले आँफैलाई नियुक्त गरेका अध्यक्षलाई पराजित गरे । गठबन्धनको तर्फबाट वडा अध्यक्षको टिकट पाएका किसन खत्रीले बहालवाला अध्यक्ष लिलबहादुर खत्रीलाई पराजित गरेर अध्यक्ष बन्न सफल भए ।
गत २०७४ को निर्वाचनमा निर्वाचित तत्कालिन अध्यक्ष लिलबहादुरले किसनलाई कार्यालय सहयोगीको रुपमा नियुक्त गरेका थिए । उनकै कार्यकालभरी सेवा गरेर बस्दा उनले वडा चलाउने आँट मात्र गरेनन्, जनताले निर्वाचत जिताएर पनि देखाइदिए ।

वडा कार्यालय व्यवस्थापन गर्न आवस्यक भएकोले उनले प्रक्रिया पु¥याएरै राखेका खत्रीले ५ बर्षमा जनताको मन जित्ने काम गरेको पुष्टी भएको छ । वडा अध्यक्षको कामलाई सघाएका उनले सोही पदमा आँफू पुग्न योग्यसमेत बनाए । फलस्वरुप निर्वाचनमा बहालवाला अध्यक्षभन्दा धेरै मत ल्याएर निर्वाचित भए ।

किसन खत्रीले गत बैसाख ३० गतेको निर्वाचनमा आफैलाई नियुक्त गरेका लिलबहादुरबिरुद्ध उमेदवार बनेर जित्न सफल भएका हुन् । अत्यन्त सानो यो वडामा लिलबहादुरले २ सय ७७ मत पाउँदा किसानले २७ मत बढी ३ सय ४ मत पाएर बिजयी भए । लिलबहादुर स्वतन्त्र उमेदवार थिएभने किसन कांग्रेसबाट उमेदवार थिए । अघिल्लो निर्वाचनमा लिलबहादुरले स्वतन्त्र उठेरै जितेका थिए । अहिले पनि स्वतन्त्रमै उमेदवारी बनेर जित्ने दाउ आफ्नै कार्यालय सहयोगीबाट बन्द भयो । तरपनि उनले मिलेर काम गर्ने, जनताको सेवामा निरन्तर खटिने बताएका छन् ।

किसन गठबन्धनको उमेदवार भएकोले स्वभाविक रुपमा बढी मत आएको उनले बताए । निर्वाचन हारे पनि मिलेरै काम गर्ने उनले बताए । ‘हारजित प्राविधिक कुरा हो, कसलाई कति मत पुगेन भन्ने मात्रै हो’ लिलबहादुरले भने, ‘मुख्य काम जनताको सेवा गर्ने नै हो ।’ आधिकारिक वडा अध्यक्ष भएर किसनले सेवा गरेपनि आफ्नो स्थानबाट सक्ने काम निरन्तर गर्ने लिलबहादुरले बताए ।

सदरमुकामदेखि दुर्गम भएकोले सेवा प्रवाहमा सबै मिलेर काम गर्नुपर्ने किसन खत्रीको धारणा छ । खत्रीले सबैलाई समेटेर जाने बताए । ‘सहयोगी भएर काम गरेपनि मैले जनताको चाहना जितेको रहेछु’ उनले भने, ‘पार्टीले पनि पत्यायो, जनताले पनि अनुमोदन गरिदिए ।’ बरेङमा अध्यक्ष राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पौडेल र उपाध्यक्ष कांग्रेसका दिलीप पुन निर्वाचित थिए । यहाँका ५ वटा वडामध्ये २ वटामा राजमो, २ वटामा कांग्रेस र १ वडामा एमालेका उमेदवार बिजयी भएका छन् । कार्यपालिकामा भने गठबन्धनको बहुमत पुगेको छ ।

यस्तै, बागलुङ नगरपालिका–६ मा वडा सचिवबाट राजिनामा दिएर आएका रुद्रबहादुर केसीले वडा अध्यक्ष जितेका छन् । सोही निर्वाचनमा बहालवाला अध्यक्ष खिमराज सापकोटा सदस्य पदमा पराजित भए । वडा सचिवको रुपमा दुइ दशक काम गरेका रुद्रबहादुर केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ७ सय ८७ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसका टेकबहादुर थापाले ६ सय ३६ मत मात्रै ल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->