बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जल, जमिन र जंगल जोगाऔं

जल, जमिन र जंगल जोगाऔं


  • Dhorpatan News
  • जेष्ठ २३ २०७९, सोमबार

अंग्रेजी महिनाको जुन ५ तारिख अर्थात् विश्व वातावरण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७४ देखि मनाउन थालिएको यो दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ । पर्व र दिवसहरु मनाउने मामिलामा नेपाल अगाडि छ । आवश्यक/अनावश्यक वा कम चासो राखे हुने दिवसहरु नेपालमा मनाइँदै आइएको छ । वातावरण दिवस भने नेपालले चासो र महत्व दिनुपर्ने दिवस नै हो । यसको सान्दर्भिकता नेपालजस्तो हिमाली देशलाई कति आवश्यक छ भन्ने त जलवायु परिवर्तनले पारेको असरबाटै प्रष्ट भएको छ ।
तर, दिवसको सार्थकता परिणामले निर्धारण गर्छ । वातावरण दिवसमा गरिएको वृक्षरोपणलाई उदाहरण मान्ने हो भने पनि दिवस परिणामहीन भएको पुष्टि हुन्छ । वातावरण दिवसमा रोपिएका विरुवाहरु मात्रै हुर्काउन सकेको भए, त्यही दिनमा जस्तै सरसफाइमा ध्यान दिने हो भने देश नै सायद घना जंगल भइसक्थ्यो,वातावरण स्वच्छ हुन्थ्यो । तर, त्यसो गरिएन । उच्च ओहादादेखि आमनागरिकसम्मले वातावरण दिवसलाई प्रचारको साधन बनाए । जुन परिणाममुखी हुन सकेन । प्रवृत्ति बदलिएको छैन । जसले गर्दा वातावरणी ह्रासले नित्याएका समस्याहरु झन संगीन बन्दै गएका छन् । प्रकृतिको अति दोहन घातक हुन्छ । पछिल्लो समय नेपालमा जल,जमिन र जंगलको दोहन अचाक्ली बढेको छ । नीति निर्माण तहमै प्रवेश गरेर दोहनकारीहरुले ताण्डव मच्चाएका छन् । अर्कोतिर वातावरणीय मूल्याब्कन विना बनाइएका पूर्वाधारका कारण पनि विपत्ति निम्तिएको छ । हामीले आउँदो पुस्ताको त परको कुरा,आफ्नै पुस्ताको लागि काल निम्त्याइरहेका छौँ । चुरे विनाशको श्रृंखला झन डरलाग्दो छ । प्रकृतिको जथाभावी दोहनले कयौं बस्तीहरु काकाकुल बनेका छन् । सहरी फोहर अर्को समस्या बनेर अगाडि आएको छ । अझ डरलाग्दो त जलवायू परिवर्तनले निम्याएको समस्या छ । हाम्रा हिमालहरु काला पत्थरमा परिणत हुँदैछन् ।
शक्तिराष्ट्रहरुले गरेको कार्वन उत्सर्जनको सजाय हामीले भोगिरहेका छौँ । कार्वन उत्सर्जन हाम्रो वशमा छैन तर हामी आफैले गर्नसक्ने काम पनि गरेकै छैनौँ । विपत्ति निम्त्याउने कारक बनेका छौँ । सनातन धर्मले पृथ्वीदेखि वनस्पति, आकाशदेखि पातालसम्मको शान्ति कामना गर्छ । वातावरण जोगाउने हो अब योजनासहित यी पुर्खाले निक्र्योल गरेका सबै क्षेत्र जोगाउनेतर्फ ध्यान दिनुपर्छ । जल,जमिन र जंगलको संरक्षण गरेमात्रै मानव अस्तित्व रहन्छ भन्ने बुझेर अल्प एवं दीर्घकालीन योजनासहित संरक्षण अभियान चलाइनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->